×

पदेश १

पहिरोले पोल ढालेपछि ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुंगामा विद्युत् अवरुद्ध भएको छ। कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो। दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबा

मापासे गरेर वडाध्यक्षले वडाध्यक्षलाई नै कुटे

काठमाडौं । आफ्नै सहकर्मी कुटेको आरोपमा ओखलढुंगाका एक वडाध्यक्ष पक्राउ परेका छन्। छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो। लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए।

चार्जमा राखेको मोबाइल चिसो हातले छुँदा बालकको मृत्यु

काठमाडौं । चार्जमा राखेको मोवाईल फोन चिसो हातले छुँदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतोको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ। मोरङ रतुवामाई–१ का गोल्छा महतो

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड

विराटनगर। प्रदेश १ ले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार अपराह्न आर्थिक वर्ष २०७६/७७ का लागि यो आकारको बजेट सार्वजनिक गरेका हुन्। बजेटको प्राथमिकतामा मा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ।

प्रदेश १ मा समानुपातिक सांसदलाई ५० लाख प्रत्यक्ष निर्वाचितलाई ३ करोड दिने

बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आज असार १ गते बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि गरी बजेट ल्याउन लागिएको हो । प्रदेश सरक