×
अर्थ डेली प्रकाशित: २०७५-९-१३ गते

हिन्दू धर्म के हो, के होइन ?

शिरीषवल्लभ प्रधान
विश्वको सबैभन्दा प्राचीन मानिने हिन्दूधर्मको उद्गम भारतीय उपमहाद्वीपमा कम्तीमा ४÷५ हजार वर्षअगाडि भएको विश्वास गरिन्छ भने ऋषिमुनिहरुको तपोभूमि नेपाल वैदिक सभ्यताको केन्द्रविन्दु मानिन्छ । नेपाल बुद्ध र सीताको मात्र जन्मभूमि हैन । यो राजर्षि जनक, सर्वोत्कृष्ट ब्रह्मवेत्ता याज्ञवल्क्य, ब्रह्मज्ञानी अष्टावक्र तथा मैत्री र गार्गी जस्ता विदूषीहरुको जन्मभूमि तथा कर्मभूमि पनि हो । करिब एक अर्ब अनुयायीहरु भएको हिन्दूधर्म विश्वको तेस्रो ठूलो धर्म मानिन्छ । हिन्दू धर्मका प्राचीनतम तथा प्रामाणिक ग्रन्थहरु चार वेद ९ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद०, हुन् भने अन्य महत्वपूर्ण सहायक ग्रन्थहरु हुन् वेदान्तसूत्र ९चारै वेदका ज्ञानलाई समायोजन गरिएको ग्रन्थ०, आदि शंकराचार्यद्वारा टीप्पणी गरिएका ११ मुख्य उपनिषद् तथा भागवद् गीता । यी तीन ग्रन्थरुको समूहलाई प्रस्थानत्रय भनिन्छ, जसको अर्थ हुन्छ, आध्यात्मिक यात्राका निम्ति प्रस्थान गर्ने जो कोहीले पनि सर्वप्रथम एघार उपनिषद्, वेदान्तसूत्र तथा गीताको अध्ययन गर्नु जरुरी हुन्छ । वेद र उपनिषद् श्रुति परम्पराद्वारा गुरुबाट शिष्यमा हस्तान्तरण हुँदैआएको हुनाले श्रुति कहिन्छ भने दुई इतिहास ९रामायण तथा महाभारत०, १८ पुराण, १८ उपपुराण, मनुस्मृति, याज्ञवल्क्य स्मृति, नीतिशास्त्र आदि स्मृति ग्रन्थहरु मानिन्छन् । वेद, उपनिषद्, गीता र ब्रह्मसूत्र प्रामाणिक ग्रन्थ मानिन्छन् भने पुराण, इतिहास, मनुस्मृति, नीतिशास्त्रहरु वेद आदिमा उल्लिखित ज्ञानमा आधारित सहायकग्रन्थहरु हुन्, जसमा लेखकका निजी विचार, विश्वास, कल्पना आदिको प्रभाव परेको देखिन्छ । तिनमा उल्लिखित कतिपय विचार, दृष्टान्त तथा घटनाहरुलाई जस्ताको तस्तैरुपमा नबुझी सांकेतिकरुपमा बुझ्नपर्ने हुन्छ । 

मानव सभ्यताकै उच्चतम ज्ञानको भण्डार मानिने वेद कसले रचे भन्ने रहस्यकै विषय छ । त्यसैले वेदलाई अपौरुषेय भनिन्छ । वेदका मन्त्रद्रष्टा ऋषिहरुमात्र भेटिन्छन्, तिनका रचयिता कोही भेटिन्नन् । वेदका श्लोकहरु सुरुमा मौखिकरुपमा अर्थात् श्रुतिपरम्पराअन्तर्गत गुरु र शिष्यबीच आदान–प्रदान हुँदैैआएको हो भने ईशापूर्व ५ औंं शताब्दीदेखि लेखन परम्पराको सुरुआत भएको बुझिन्छ । वेद शब्द संस्कृतकोे विद् धातुबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु वा ज्ञान । तसर्थ वेद शब्दले ज्ञान वा बुद्धि भन्ने बुझिन्छ । चारैवेदलाई समष्टिगतरुपमा तीन खण्डमा विभाजित गर्न सकिन्छः १। मन्त्र संहिता, जसमा ईश्वरका स्तुतिहरु छन् २। ब्राह्मण खण्ड, जसमा यज्ञ, होम, पूजा, उपासनाका पद्धतिबारे उल्लेख छ र ३। ज्ञानखण्ड, जसलाई वेदान्त वा उपनिषद् पनि भनिन्छ । वास्तवमा वेदले कुनै धर्म वा सम्प्रदाय विशेषभन्दा पनि सिंगो मानव सभ्यता, जीवन पद्धति र ज्ञानको भण्डार जनाउँछ । वेद दर्शन, गणित, आयुर्वेद, धनुर्वेद, संगीत, ज्योतिष, नीतिशास्त्र, अर्थशास्त्र आदि विभिन्न विधाका ज्ञानहरुले भरिपूर्ण हुनाले यो कुनै सम्प्रदाय विशेषको वकालत गर्ने पुस्तक नभई ज्ञान, विज्ञानको भण्डार हो ।आजको आर्थिक दैनिकमा खबर छ ।

विद्वान्हरुले धर्मको परिभाषा यसरी गरेका छन् स् ध्रियते पूण्यात्मभिः यः सधर्मः । अर्थात् सत्कर्मद्वारा प्राप्त हुने गुण, जसले धारण गर्छ, त्यसलाई धर्म भनिन्छ । त्यसैगरी अर्को परिभाषा यस्तोे छः धरति लोकान् इति धर्मः । अर्थात्, जसको कारणले यो सारा विश्वब्रह्माण्ड टिकेको छ, त्यसैलाई धर्म भनिन्छ । हिन्दू शब्द धेरैपछि अर्थात् १९औं शताब्दीतिर यूरोपेलीहरुले गैरक्रिस्चियन र गैरमुसलमानहरुलाई जनाउन प्रयोग गरेको बुझिन्ंछ । हालको पाकिस्तानस्थित सिन्धघाटीमा बसोबास गर्ने भएकोले वैदिक आर्यहरुलाई पश्चिमीहरुले सिन्धूको अपभ्रंशकोरुपमा हिन्दू भन्ने गरेको बुझिन्छ ।

आस्तिक र नास्तिक दर्शनहरु स्( पूर्वीय दर्शनअन्तर्गत तीन नास्तिक दर्शन र छ आस्तिक दर्शनहरु छन् । चार्वाक, जैन र बौद्ध अनिश्वरवादी वा नास्तिक दर्शन मानिन्छन् भने सांख्य, योग, न्याय, वैशेषिक, पूर्वमिमांसा तथा उत्तर मीमांसा ९वेदान्त०, जुन षड्दर्शनका रुपमा चिनिन्छन्, आस्तिक दर्शन हुन् । वेदलाई निर्णायक ग्रन्थ नमान्ने हुनाले तीन दर्शनहरु नास्तिक कहलिएका हुन् ।
षड्दर्शन के हुन् रु
सांख्यः ईशापूर्व सातौं शताब्दीका कपिल ऋषिद्वारा प्रतिपादित द्वैतवादमा आधारित दर्शन हो । पश्चिम नेपालको कपिलवस्तु सहर उनै कपिल मुनिको नाउँमा निर्माण गरिएको थियो । सांख्यले चेतनाहीन २४ तत्व र एक चेतनतत्व पुरुष गरी कुल २५ तत्वद्वारा सारा जगत निर्माण भएको मान्दछ । हिन्दू र बौद्ध दुवै दर्शन सांख्यद्वारा प्रभाति मानिन्छ । गीतामा श्रीकृष्णले कर्ममार्गमा लाग्नेहरुको निम्ति कर्मयोग र ज्ञानमार्गमा लाग्नेहरुको निम्ति सांख्य दर्शन उपयुक्त भएको बताएका छन् ।
न्याय दर्शनः ईशापूर्व छैठौं शताब्दीका अक्षपद गौतमद्वारा प्रतिपादित न्याय दर्शन सोह्र पदार्थहरुमा आधारित छ । ती हुन् प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वभास, छल, जाति र निग्रहस्थान । तर्क सिद्धान्तमा आधारित न्याय दर्शनअन्तर्गत निम्न चार प्रमाणहरुको आधारमा ज्ञान हासिल गर्न सकिन्छः प्रत्यक्ष, अनुमान, उपमान र शब्द ९शास्त्र० । 
वैशेषिकस् कणाद ऋषिद्वारा प्रतिपादित वैशेषिक दर्शन अणुवादमा आधारित छ । यस दर्शनअनुसार कुनै पनि पदार्थलाई त्यसको सबैभन्दा सूक्ष्मरुपमा अर्थात् अणु र परमाणुमा परिणत गर्न सकिन्छ । वैशेषिकले प्रत्यक्ष र अनुमानलाई मात्र ज्ञान हासिल गर्ने माध्यम मान्दछ । वैशेषिकअन्तर्गत अनुभवमा आउनसक्ने सबै प्रकारका वस्तुहरुलाई ६ भाग विभाजित गरिन्छःः द्रव्य, गुण, कर्म, सामान्य, विशेष र समवाय ।
योग दर्शनः महर्षि पतञ्जलीले ईशापूर्व चौंथो शताब्दीमा रचेको पतञ्जल योगसूत्राणिले मोक्ष प्राप्तिका आठ खुड्किलाहरु ९अष्टाङ्ग मार्ग० बारे उल्लेख यस प्रकार गरेको छः यम, नियम, प्रत्याहार, आसन, प्राणायाम, धारणा, ध्यान र समाधि ।
पूर्वमीमांसाः वादरायणका शिष्य जैमिनीद्वारा प्रतिपादित पूर्वमीमांसाको मूल आधार वेदअन्तर्गतका कर्मकाण्डसम्बन्धी खण्ड हो । वेदका सुरुका मन्त्र तथा कर्मकाण्डसम्बन्धी नियमहरुको सङ्कलन नै पूर्व मीमांसाकारुपमा बुझिन्छ । ईशापूर्व करिब चौंथो शताब्दीतिर प्रतिपादित पूर्वमीमांसा द्वैतवादी मतमा आधारित छ र यसले पूजा, पाठ, होम, यज्ञ, आहुति आदि कर्म नै मोक्षको साधन ठान्दछ ।

वेदान्त दर्शन स्( वादरायण वा वेदव्यासद्वारा ९ईशापूर्व ५—७ औंं शताब्दी० प्रतिपादित वेदान्त दर्शनलाई उत्तर मीमांसा पनि भनिन्छ । वेदका अन्तिम भागको ज्ञान खण्डलाई नै वेदान्त भनिन्छ, जुन वेदको निष्कर्ष मानिन्छ । वादरायणले वेदका ज्ञानहरुलाई समायोजन गरेर ब्रह्मसूत्र अर्थात् वेदान्त सूत्र रचेका छन् । पाँचसय ५५ सूत्रहरुको वेदान्त सूत्रमाथि विभिन्न विद्वान्हरुले टीप्पणी गरी विभिन्न मतहरु प्रतिपादन गरेका छन् । जस्तैः द्वैतवाद ९माधवाचार्य०, अद्वैत ९शंकर०, विशिष्टाद्वैत ९रामानुज०, शुद्धाद्वैत ९वल्लभाचार्य०, भेदाभेद ९निम्बकाचार्य० । 
अद्वैत वेदान्तः वेदान्त सूत्रमाथि पहिलो टीप्पणी गर्ने आठौं शताब्दीका विद्वान् आदि शंकराचार्य अद्वैतवेदान्तका प्रतिपादक मानिन्छन् । अद्वैत वेदान्तका अनुसार जगत मिथ्या वा भ्रम हो भने ब्रह्ममात्र सत्य हो । ब्रह्ममा जगत्को आभास मात्र भएको हो र जगतको वास्तविक सत्ता छैन । शंकरको शारीरिक भाष्यअनुसार ब्रह्मलाई जगतको निमित्त कारण र उपादान कारण दुवैै मानिन्छ । सारा अस्तित्वमा विद्यमान् चेतना एउटै र अविभाज्य रहेको तथा व्यष्टिगत चेतना अर्थात् आत्मा र समष्टिगत चेतना अर्थात् परमात्माबीच भिन्नता छैन भन्ने अद्वैत वेदान्त मानव सभ्यताकै सर्वोच्च दर्शन मानिन्छ । अद्वैतअनुसार हाम्रो आत्मा जुन तत्वले बनेको छ, सारा विश्वब्रह्माण्ड त्यही तत्वले बनेको छ, अर्थात् यत्पिण्डे तत्ब्रह्माण्डे ।
हिन्दूधर्म अन्य कतिपय धर्म जस्तो एक व्यक्तिले एकैपटक स्थापना गरेको, एउटै विचार र एउटै पुस्तकमा आधारित धर्म वा सम्प्रदाय हैन । यो सनातनदेखि चलिआएको हज्जारौं वर्षदेखि परिमार्जित र विकसित हुँदै आएको हजारौं व्यक्तिहरुको योगदान रहेको तथा अनेकौं विचार, मतहरुमा आधारित धर्म भएको हुँदा यसबारे विभिन्न प्रकारका भ्रम, वादविवाद, टीकाटीप्पणी, शंकाउपशंका उठ्नु स्वाभाविकै हो । 

सबैभन्दा प्रजातान्त्रिक धर्म हिन्दू स्( हिन्दू धर्मलाई धार्मिक अतिवाद तथा धर्मको राजनीतिकरण गर्ने प्रवृत्ति दुवैैबाट जोगाउनु जरुरी देखिन्छ । हिन्दू धर्मलाई कसैकसैले राजतन्त्रसँग जोडेर हेर्नेगरेको पाइन्छ । राजावादीहरु राजा विष्णुको अवतार हो भन्दै राजतन्त्रमामात्र हिन्दूधर्म सुरक्षित रहने दाबी गर्छन् । तर न त हिन्दू धर्मका कुनै प्रामाणिक ग्रन्थमा राजतन्त्रबारे उल्लेख छ न राजतन्त्र भएका सबै देशहरु हिन्दू नै छन् । क्रिस्चियन चर्चको प्रभाव अत्यधिक भएको देश संयुक्त अधिराज्यमा सयौंवर्षदेखि राजतन्त्र विद्यमान रहिआएको छ र कुनै बखत त्यहाँ चर्चका पादरी राजाभन्दा पनि शक्तिशाली थिए । त्यस्तै संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमन, मोरोक्को, बहराइन, जोर्डन, कुवैत, मलेसिया, ब्रुनेइ, कटार, इरान आदि कमसे कम एक दर्जन मुस्लिम देशहरुमा राजतन्त्र कुनै न कुनै बखत कायम रहेको इतिहास छ । विगतमा राजाले देशको शासना सञ्चालन गर्दा राजालाई पालनकर्ता विष्णु मान्नु स्वाभाविक होला तर हिजोआज देशको शासनसुव्यवस्था निर्वाचित प्रधानमन्त्री वा राष्टपतिको हातमा रहने हुँदा त्यसलाई नयाँ सन्दर्भमा हेर्नु वाञ्छनीय हुन्छ । हिन्दू धर्म अत्यन्त प्रजातान्त्रिक छ र बहुलवादमा आधारित मानिन्छ । यो बहुसंस्कृति, बहुसिद्धान्त र बहुलवादी धार्मिक मान्यतामा आधारित धर्म हो ।

हिन्दूमा जस्तो वैचारिक स्वतन्त्रता अन्य कुनै धर्ममा छैन । यसमा व्यक्तिको रुचि, स्वभाव, मनोविज्ञान, विचार, झुकावअनुसारको धार्मिक पद्धति वा मत अपनाउन सकिन्छ । हिन्दू धर्ममा अनेकौं देवी देवताहरु भए पनि ती सबै एकै परमात्माका विविध स्वरुप मात्र हुन् । वेदले भन्छ, आखिर परमात्मा वा ईश्वर एउटै छ र त्यो हामीभित्रै छ । विभिन्न मठ—मन्दिर तथा देवी, देवताहरुको पूजा, उपासना केवल सांकेतिक मात्र हो, वास्तविक ईश्वर त हृदयभित्र छ र आत्मज्ञान वा आत्मपहिचान नै वास्तविक ईश्वर उपासना हो, वेदले भन्छ ।
हिन्दू धर्मअन्तर्गत सगुण ब्रह्म वा साकार ईश्वरलाई मान्नेहरुमात्र छैनन् निर्गुण, निराकार ईश्वर मान्नेहरु पनि छन् । तर ती दुईमा केही भिन्नता छैन । तपाईंको निरन्तर ध्यान गर्ने र अव्यक्त, निराकार ईश्वरको उपासना गर्नेहरुमध्ये कुनचाहिँ उत्तम योगी हो भन्ने अर्जुनको प्रश्नमा श्रीकृष्ण भन्छन्ः
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।
श्रद्धया परयोपेतास्ते मे युक्ततमा मता ।। ।।।।।। ९गीता १२।२, ३, ४०
अर्थात्, जसले म परमेश्वरको उपासना गर्छ उसले मलाई प्राप्त गर्छ र जसले निराकार निगुण ईश्वरको ध्यान गर्छ उसले पनि मलाई नै प्राप्त गर्छ । हिन्दूधर्मले मानिसहरुलाई धार्मिक अनुष्ठान गर्न उसको रुचिअनुसार ज्ञानयोग, भक्तियोग, कर्मयोग, राजयोग आदि विभिन्न मार्गहरुको विकल्प प्रस्तुत गरेको छ । त्यस्तै विभिन्न धार्मिक आस्था र विश्वास अनुसार शैव, वैष्णव शाक्त मतहरुका् अनुसरण गर्ने छुट त्यसमा छ । त्यसैले यसमा विविधता र अनेकताबीच एकता छ, सामञ्जस्य छ ।

हिन्दूधर्ममा हिंसालाई स्थान छैन स्( कतिपय मानिसले बलि भन्ने बित्तिकै हिंसा भन्ने बुझ्दछन् । अहिंसा परमोधर्म भन्ने मान्यतामा आधारित हिन्दूधर्मको प्रामाणिक ग्रन्थले हिंसा हैन शान्तिको पक्षमा वकालत गर्छ । अथर्ववेदमा भनिएको छ, स्वर्गलोकमा शान्ति छाओस्, पृथ्वीमा शान्ति छाओस्, जल र वनस्पति शान्तमय होस्, भूत र भविष्यकालमा शान्ति छाओस्, जडीबुटीमा शान्ति छाओस् ९अथर्व।१९।९।१० । वसुधैव कुटुम्बकम् ९महोपनिषद्० अर्थात् सारा प्राणीजगत् एकै परिवारका सदस्य हुन् भन्ने उच्च विचारमा आधारित हिन्दू धर्मले प्राणी हिंसालाई स्वीकार गर्नसक्दैन ।

बृहदारण्यकोपनिषद्को भाष्यमा आदि शंकराचार्य लेख्छन् अन्नलाई अग्निमा हवन गर्नुलाई हुत भनिन्छ भने अग्निमा हवन गरेर देवताहरुका निम्ति भाग छुट्याउनुलाई प्रहुत वा बलिहरण भनिन्छ । बलिको अर्थ त्याग वा सेवा हो । ईश्वरको सेवा, उपासना गर्नुु, नकारात्मक प्रवृत्तिको त्याग गर्नुलाई नै बलि भनिएको हो । बृहदारण्यकमा ९अज्ञानी० मानिसलाई देवताहरुको पशु भनिएको छ । जसरी लोकमा धेरै पशुुुुहरु मनुुष्यको पालन गर्छन्, त्यसैरी एक, एक मनुष्य देवताहरुको पालन अर्थात् सेवा गर्छन् ९बृहद्। १।४।१०० । देवताहरु चाहदैनन् कि मनुुष्य पशुत्वबाट मुुक्त होऊन् अर्थात् ब्रह्मतत्व प्राप्त गरुन् । तसर्थ देवताहरुबाट यज्ञ, अनुुष्ठान आदि कर्ममा विघ्न नआओस् भनी मोक्षकामी पुरुषले श्रद्धा, भक्ति आदि दर्शाउँदै देवाराधना गर्नुुका साथै ज्ञान प्राप्तिका साधन श्रवणादिमा ध्यान दिनुपर्छ, शंकराचार्य सो उपनिषद्को भाष्यमा लेख्छन् । यस भनाइबाट के बुझिन्छ भने मानिस आफूू पशु समान भएकोले उसले आफैंले ईश्वर अनुुष्ठानको विधि अपनाउने, त्याग वा सेवा गर्ने, शास्त्र अध्ययन गर्ने हो । मानिस पशु समान भएको र उनीहरुको मालिक हुनाले भगवान् पशुपति ह्न् । मानिस र पशुबीच भेद गर्ने वस्तु भनेको ज्ञान नै हो । ऋग्वेदमा ईश्वरलाई प्रार्थना गर्दै भनिएको छ, हे ईश्वर, दाम्लोमा बाँधिएको गाईलाई मुक्त गरिदिएझैं हामीलाई पनि पाशविक मोहबाट मुक्त गरिदेऊ ९ऋ७।८६।५० । तसर्थ निर्धो पशुुको बलि चढाउनु कहीँ पनि भनिएको छैन । पञ्च बलिको अर्थ पाँच प्रकारका पशुु वा जनावरको रगत चढाउने नभई आफ्ना पाँच ज्ञानेन्द्रियलाई संयमित राखी काम, क्रोध, लोभ, मोह, अहंकारको बलि चढाउनु हो ।

शुद्रले वेद पढ्न किन नहुने रु वेद हिन्दूूहरुको पवित्र तथा सर्वोच्च ग्रन्थ हो । वेदको पवित्रता कायम राख्न र त्यसको गलत अर्थ नलगाइयोस् भनी कस्तो व्यक्तिले सो ग्रन्थ अध्ययन गर्नुहुन्छ, वा हुुन्न भनी नीति, नियमहरु बनाइएको छ । कुुनै, कुुनै ग्रन्थमा शूूद्रले वेद अध्ययन गर्न नहुुने भनी लेखिएको भए पनि त्यसलाई सांकेतिक अर्थमा लिइनु उचित होला । छान्दोग्योपनिषद्मा राजा जानश्रुतिका पौत्रायण अर्थात् पनातिलाई क्षेत्रीय भए पनि रैक्व नाम गरेका एक लंगडो संन्यासीले शोक गरेको हुनाले शूूद्र भनी सम्बोधन गर्दै पहिलो भेटमा उनलाई वेद पढाउन अस्वीकार गरेको दृष्टान्त उल्लेख छ । त्यसैगरी अरुको घर, घर चाहरी सुुसारेको काम गर्दै हिँड्ने जाबाल नाम गरेका स्त्रीका पुुत्र सत्यकामलाई गुुरुले तिम्रो गोत्र के हो भनी सोध्दा मेरी आमाले पिताको नाम, गोत्र थाहा छैन भनी बताए भनी सत्य वचन बोली उत्तर दिएकाले सत्य बोल्ने व्यक्ति ब्राह्मण इतरको हुुनै सक्दैन भनी उपनयन गरी वेद अध्यापन गराएको अर्को दृष्टान्तले पनि वेद अध्ययनमा मनको शुद्धता भन्दा जातीय अन्तर ठूलो हैन भन्ने सिद्धान्त स्थापित गर्दछ । 

वेदमा जातीय भेदभाव छैन स्( कसै, कसैमा वेदले जातीय भेदभाव गरेको भन्ने भ्रम छ, वास्तवा त्यो सही छैन । वेदमा मानिसलाई चार वर्णमा विभाजित गरिएको जन्मको आधारमा नभई ज्ञान र कर्मको आधारमा हो । वेदको ज्ञान भएको मानसिक श्रम गरेर जीविकोपार्जन गर्नेहरु ब्राह्मण हुन् भने राजकाज चलाउने देशको रक्षासम्बन्धी कार्य गर्ने क्षेत्रीय हुन् । त्यस्तै व्यापार, व्यवसाय चलाउनेहरु वैष्य हुने भने सेवा कार्य गर्ने र श्रमिकहरु शूद्र हुन् । आधुनिक युगमा जसलाई श्रम विभाजन भनिए जस्तै प्राचीन कालमा सामाजिन सुव्यवस्थानिमित वर्णव्यवस्था गरिएको हो । ऋग्वेदको पुरुष सूक्तमा समग्र मानवजातिलाई एक विशाल शरीर अर्थात् विराट पुरुषको रुपमा कल्पना गर्दै भनिएको छ, उच्च बौद्धिक क्षमता भएका ब्राह्मणहरु त्यस विराटरुपको मुख हो, लडाकु तथा प्रशासकीय कार्य गर्ने क्षत्रीयहरु हात हुन्, व्यापारी, कलाकार तथा कृषिक्षेत्रमा संलग्न वैष्यहरु पेट र तिघ्रा हुन् भने खुट्टाको प्रतीक मानिन सेवकहरु सेवासम्बन्धी कार्य र श्रम गर्नेहरु शूद्र हुन् । त्यस्तै, शास्त्रमा स्पष्ट भनिएको छ वेदको ज्ञान नहुने व्यक्ति ब्राह्मण हुन योग्य छैन ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

नेपालगन्ज - पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बा..

४० मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

४०  मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए&n..

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक,  मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुप..

यो वर्षको रमजान सुरु

यो वर्षको रमजान सुरु

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व मंगलबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर..