×
अर्थ डेली प्रकाशित: २०७५-९-२० गते

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र झडपसमेत शुरु भएको थियो । 

प्रवेश निषेध गरिएको इलाकाबाट पनि करिब ६ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपी समाचार समितिलाई बताउनु भएको छ । यद्यपी महिलालाई पनि मन्दिर प्रवेश गर्न दिनुपर्ने आदेश अदालतले केही समय पहिले नै दिएको थियो । तर अहिले पनि महिलाले मन्दिर प्रवेश गर्न पाएका छैनन् । उनीहरुलाई स्थानीयले रोक्दै आएका छन् । 

स्थानीयको विरोधमा लाखौँ महिला अधिकारीवादी, कलाकार, मानअधिकारवादीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रर्दशन गर्दै आएका छन् । 
यस विषयमा धार्मिक दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले उच्च सुरक्षा शतर्कता अपनाएको र प्रदर्शन जारी रहेका क्षेत्रमा तनाव भए पनि शान्तिपूर्ण भएको प्रवक्ता प्रमोदले बताउनु भएको छ । 

साबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा आदेश दिएको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा रही आएको छ र त्यस परम्पराको महिलाले विरोध गरेका छन् । रजस्वला हुँदा अपवित्र हुने मान्यता राख्ने यहाँका हिन्दूवादी स्थानीय नागरिकले महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको भन्दै उनीहरुलाइ        रोकेका  छन् । यस्तो प्रचलनबाट लैङ्गिक रुपमा भेदभाव भएको भन्ने मुद्दा परेपछि अदालतले मन्दिर प्रवेशमा निषेध नगर्न आदेश गरेको हो । 


यसैबीच प्राप्त अर्काे एक पछिल्लो समाचारअनुसार उक्त मन्दिरमा विरोधका बाबजुद पनि एकजना महिला शुक्रबार प्रवेश गरेको बताइएको छ । 
उक्त मन्दिरमा गएको बुधबार दुई जना महिला प्रवेश गरेपछि विरोध भएको थियो । स्थानीय नागरिकले सो विरोध गरेका थिए । उक्त विरोध पछि कैयौँ व्यक्तिलाई पक्राउ गरिएको छ र स्थानीयले कुनै पनि हालतमा सो मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने बताएका छन् । शुक्रबार एकजना महिला जबर्जस्ती प्रवेश गरेको र उनलाई प्रहरीले सुरक्षा दिएको स्थानीय समाचारमाध्यमले जानकारी दिएका छन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

नेपालगन्ज - पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बा..

४० मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

४०  मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए&n..

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक,  मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुप..

यो वर्षको रमजान सुरु

यो वर्षको रमजान सुरु

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व मंगलबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर..