×
अनिस तामाङ /युएई प्रकाशित: २०७६-१-२४ गते

युएईमा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाईदै

 नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाउने तयारी सुरु भएको छ । महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासंघकै महासचिव सनिल घिसिङको संयोजकत्वमा कार्यक्रमका लागि समिति गठन गरेको छ ।

महासंघ र महासंघ अन्तरगतका ११ ओटा जातिय संघसंस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाज आयोजक रहेका छन। यहीँ आउदो जुन १४ तारिखको दिन युएईको विकसित शहर देरा दुबई स्थित कार्ल्टन टावर होटलको हलमा हुन लागेको उक्त कार्यक्रम औपचारिक ढंगले लामागुरुबाट पुजापाठ, बुद्ध दर्शनबारे प्रवचन, वृत्तचित्रहरु प्रस्तुत गर्नुको साथै नेपाल आदिबासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरु र विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो सांगीतिक प्रस्तुतिहरु दिनेछन् ।

इ.पु. ५६३ वैशाख पुर्णिामामा शाक्य साम्राज्यको महाराज शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा शालको वृक्षमुनि जन्मेका महामानव गौतम बुद्धलाई भारतमा जन्मेको भनि विश्व सामु फैलाएको गलत प्रचारप्रसारलाई प्रवासमा पनि यसरी बुद्ध जयन्ती धुमधाम संग मनाउद अन्तराष्ट्रिय स्तरमा समेत केही हदसम्म भ्रम चिर्ने आयोजको दाबी रहेको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

नेपालगन्ज - पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बा..

४० मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

४०  मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए&n..

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक,  मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुप..

यो वर्षको रमजान सुरु

यो वर्षको रमजान सुरु

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व मंगलबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर..