images
images

बिहिवार , २०७६ मंसिर  २६ ( Thursday , 2019 Dec 12 )

images
images

४० मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

अर्थ डेली

प्रकाशित: २०७६-२-३० गते

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र ।

पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन छन् । 

जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे । ती साधुको भक्तिबाट आर्कषित भई जग्गादान गर्ने परम्परा थियो । 

सबै मन्दिर व्यवस्थित थिए । तर, भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटि मासिँदै गए । कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्को मूर्तिसमेत बेचिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार  छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855