×
अर्थ डेली प्रकाशित: २०७६-३-६ गते

भूकम्पमा बाँचेकाको जीवन कथा : दुबै खट्टा गुमे, तर गुमाएनन आत्मबल

हातखुट्टा नहुँदैमा हामीले केही गर्न सक्दैनौँ भन्ने हाम्रो समाजको बुझाइ छ तर यो भनाइलाई रमेश खत्रीले गलत सावित गरिदिनुभएको छ । २०७२ साल वैशाख १२ को भूकम्पमा दुवै खुट्टा गुमाएका रमेशले पौडी खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलिसक्नुभयो । यतिमात्र होइन, उहाँले स्टिलको खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर सबैलाई चकित पारिसक्नुभयो । 

सगरमाथा आधार शिविर पुग्दाको अनुभव सुनाउँदै रमेश भन्नुहुन्छ, “त्यो क्षण त म शब्दमा व्यक्त गर्नै सक्दिनँ । मनमा इच्छा हुनुपर्छ, हामीले गर्न नसक्ने काम कुनै पनि छैन । ” अपाङ्गता भएको व्यक्तिमाथि समाजको बुझाइ नै गलत रहेको बताउँदै उहाँले भन्नुभयो, “यो बुझाइलाई गलत सावित गर्न संसारमा अनेकौँ उदाहरण छन् । स्टेफन हकिङ, हेलेन केलर, झमककुमारी आदि । ” 

अहिलेको दिनचर्याबारे बताउँदै रमेशले बिहान ८ देखि १२ बजेसम्म पौडी खेल्ने गरेको बताउनुभयो । “मेरो उद्देश्य ओलम्पिकको पौडी खेलमा चयन हुनु हो”, उहाँले भन्नुभयो । सानोमा बाख्रा चराउन जाँदा खोलामा पौडी खेलेकाले पनि होला, आज म यहाँसम्म आइपुगेँ भन्दै रमेशले आफ्नो विगत सम्झँदै थप्नुभयो, “फोटो पत्रकार नरेन्द्र श्रेष्ठले मलाई कुनै होटलमा लानुभयो र पौडी खेल भन्नुभयो । त्यसपछि मैले खेलँे । त्यो बेला पौडी खेल्दा धेरै पटक डुबेँ, पानी पनि खाएँ तर हरेश खाइनँ । ” 

आफूजस्ता अपाङ्गता भएकाले खेल खेल्छन् भन्नेसम्म लागेको थिएन उहाँलाई । तर नेसनल पारा स्विमिङ नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी गराउने थाहा पाएपछि उहाँ दङ्ग पर्नुभयो । 

त्यसपछि पौडीको प्रशिक्षण लिन उहाँ सन् २०१५ मा नेसनल पारा ओलम्पिक कमिटीबाट जापान पुग्नुभयो । प्रशिक्षणकै क्रममा कोरिया जानुभयो । सन् २०१८ मा इन्डोनेसियामा आयोजित एसियाली खेलकुदमा सहभागी हुनुभयो । हाल बीआईए फाउन्डेसनमा बसिरहनुभएका उहाँ खगेन्द्र नवज्योति स्कुलबाट एसईई परीक्षा दिएर नतिजा पर्खिरहनुभएको छ । भविष्यमा सूचना प्रविधि अध्ययन गर्ने उहाँको योजना छ । 

दैलेख निवासी २१ वर्षीय खत्री १७ वर्षको हुँदा राजधानीको एउटा गेस्ट हाउसमा काम गर्नुहुन्थ्यो । भूकम्प आएको दिन उहाँ आफ्नो घर जाने तयारी गरिरहनुभएको थियो । साँझ ४ बजेको टिकट हातमा बोकेर खाना खान लागेका बेला अचानक भूकम्प आयो । आठतले गेस्ट हाउसले उहाँलाई पु¥यो । 
उद्धारपछि सशस्त्र प्रहरी जवान र एक स्थानीय सहायोगीले उहाँलाई काठमाडौँ टिचिङ अस्पताल पु¥याए ।आजको गोरखापत्रमा समाचार छ ।

नेपाल सरकारले नै उपचारको सम्पूर्ण खर्च दियो । डेढ महिनाको उपचारपछि उहाँ बालपोषण संस्था सुनाकोठी ललितपुर पुग्नुभयो । त्यहाँबाट उहाँ बालुवाटारको अर्को संस्थामा पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “त्यसपछि राष्ट्रिय अपाङ्ग कोष र अन्य केहीको सहयोगमा कृत्रिम खुट्टा पाएँ । दुवै खुट्टा गुमे तर कहिल्यै आत्मबल गुमाइनँ । त्यही आत्मबलले मलाई आज यहाँसम्म ल्याइपु¥यायो । ”

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

‘दिउँसो राप्रपा प्रवेश, साँझ बिरामीको सेवा’ गर्दै समाजसेबी थापा

‘दिउँसो राप्रपा प्रवेश, साँझ बिरामीको सेवा’ गर्दै समाजसेबी थापा

उज्वल विक्रम थापा निरन्तर सामाजिक काममा खटिने एक सामाजिक अभियन्ता हुन्। उनलाई धेरै जसो अस्पताल वरपर भेटिन्छ। उनी अस..

यी हुन आफ्नो कलेजो दिएर बचाउने आधुनिक समाजकी देवी पुर्नी शाही ?

यी हुन  आफ्नो कलेजो दिएर बचाउने आधुनिक समाजकी देवी  पुर्नी शाही ?

त्रिवि टिचिङ अस्पतालको ५०६ नम्बर बेडमा सुतिरहेकी ३३ वर्षीया पुर्नी शाहीलाई उठ्न बस्न सहयोग गरिरहेका छन्, उनका श्रीम..

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा..

सेक्स काण्डमा नाम आएपछि मान्छेको रवैया देखेर के सोच्दैथिइन् नायिका श्वेता

सेक्स काण्डमा नाम आएपछि मान्छेको रवैया देखेर के सोच्दैथिइन्  नायिका श्वेता

बलिउड अभिनेत्री श्वेता बसु प्रसाद फिल्म द ताशकंद फाइल्सबाट एक ठुलो पर्दामा फेरी आएकी छिन् । यो फिल्म शुक्रबारबाट रि..