×
अर्थ डेली प्रकाशित: २०७६-३-१२ गते

प्रचण्डले नुवाकोटका तामाङ दिदीबहिनीहरूको हुर्मत र इज्जतमाथी धावा बोले : नेता केसी

नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले प्रचण्डले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । प्रचण्डले  चितवनमा पुगेर असार १० गते  नुवाकोटका युवतीहरू बेचिने गरेको भन्ने  बिप्लबसँगको प्रसंगमा  सार्वजनिक टिप्पणी गरेका थिए  । त्यसले नुवाकोटका युवतीहरू खासगरी तामाङ् दिदीबहिनीहरूको हुर्मत र इज्जत माथी धावा बोल्ने काम भएको केसीको ठहर छ ।

केसीले संजालमा के भने हेर्नुहोस् 

कामरेड प्रचण्डलेचाहिँ राजिनामा दिनु नपर्ने ?

प्रचण्डले हालै चितवनमा पुगेर नुवाकोटका युवतीहरू खासगरी तामाङ् जातिका चेलीबेटीमाथि क्रुरतापूर्ण उपमा बनाउँदै जुन क्षुद्र बोली प्रकट गरे, पोहोर साउन ४ गते यस्तै बोली प्रकट गरेको कारण उनकै पार्टीका शेरबहादुर तामाङ्लाई न्याय तथा कानुनमन्त्रीबाट राजिनामा गर्न बाध्य बनाइएको थियो, उनले आँसुका मसीले पदबाट राजिनामा दिएर सरकारबाट विदा भए । यही असार १० गते सत्तारुढ ने.क.पा.का अध्यक्ष प्रचण्डले नुवाकोटका युवतीहरू बेचिनेगरेको भन्ने क्रुरता र उपहासपूर्ण उपमा बनाएर बिप्लबसँगको प्रसंगमा जेजस्ता सार्वजनिक टिप्पणी गरेका छन्, त्यसले नुवाकोटका युवतीहरू खासगरी तामाङ् दिदीबहिनीहरूको हुर्मत र इज्जत माथी धावा बोल्ने काम भएको छ ।

त्यस्तै भाषण गरेका एक मन्त्रीले पदबाट राजिनामा दिनुपर्ने तर सोही पार्टीको मुखियाले त्यस्तै भाषण गर्दा पनि पदबाट राजिनामा दिनु कताकता, माफीसमेत माग्नु नपर्ने, उन्मुक्ति पाउने यो कहाँको न्याय हो ? कस्तो ‘सामाजिक न्याय’ वा ‘समाजवाद’ उहाँहरूले स्थापना गर्न खोजेको हो । त्यसैले ने.क.पा. कै नेता शेरबहादुर तामाङ्ले देखाएको नैतिकताको उदाहरण उनकै पार्टी अध्यक्ष प्रचण्डले पनि अपनाउन् । जातिविशेषका युवतीहरूको सम्मानमा चोट पुर्याउने प्रचण्डको हर्कतले प्रश्रय नपाओस् । हाम्रो जिल्लाको सबै दिदिबहिनी प्रति हाम्रो सम्मान छ। तेसमाथि तामाङ दिदिबहिनी प्रती झन बढी आदर र सम्मान रहेको छ।कम्युनिस्ट हो चेतना भया।

सम्बन्धित विषय: जगदिश्वर नरसिंह केसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

नेकपा अध्यक्ष प्रचण्डको भनाई प्रति फेसबुकमा सूर्य थापा र दीपशिखाको भनाभन

नेकपा अध्यक्ष प्रचण्डको भनाई प्रति फेसबुकमा सूर्य थापा र दीपशिखाको भनाभन

काठमाडौं । ‘आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने नेकपा अध्यक्ष प्रचण्डको अ..

डोनाल्ड ट्रंम्पको ट्वीट : अमेरिकालाई घृणा गर्छौं भने देश छोड्न सक्छौ

डोनाल्ड ट्रंम्पको ट्वीट : अमेरिकालाई घृणा गर्छौं भने देश छोड्न सक्छौ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले अमेरिकामा खुशी नभए देश छोड्न सक्ने बताएका छन्। उनले एक ट्वीट गर्दै भनेका छन्,..

योगेशले प्रधानमन्त्रीलाई दिए गम्भीर बन्न सुझाव

योगेशले प्रधानमन्त्रीलाई दिए गम्भीर बन्न सुझाव

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले..

चैते माओवादी भव्य आफ्नै घरमा बस्छ,आदर्श कामरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा ?

चैते माओवादी भव्य आफ्नै घरमा बस्छ,आदर्श कामरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा ?

 चैते माओवादी –माओवादी ठूलो भएपछि मौका खोज्दै छिरेकाहरु । भर्जिन माओवादी –शुरुदेखि आर्दश पछ्याएर ल..