images
images

बिहिवार , २०७६ फाल्गुण  १५ ( Thursday , 2020 Feb 27 )

चीनको आर्थिक वृद्धिदर सन् १९९० को दशक यताकै कम

अर्थ डेली

प्रकाशित: २०७६-३-३० गते

काठमाडौं । चीनको आर्थिक वृद्धिदर सन् १९९० को दशक यताकै सुस्त गतिमा रहेको सरकारी तथ्यांकले देखाएको छ । यो वर्षको दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

जुनको अन्त्यसम्मको तथ्यांक अनुसारको यो वृद्धिदर सन् १९९० को दशकको सुरुवाति चरण यताकै सबैभन्दा कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अर्थव्यवस्था राम्रो बनाउनका लागि यो वर्ष खर्च बढाउने र कर कट्टीको सुविधा दिने नीति लिएको छ । हाल अमेरिका र चीनबिच ‘व्यापार युद्ध’ को अवस्था छ । यो वर्षको पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855