images
images

बिहिवार , २०७६ फाल्गुण  १५ ( Thursday , 2020 Feb 27 )

कालिमाटी बजारमा पहिलोपटक ३० प्रकारका विषादी परीक्षण

अर्थ डेली

प्रकाशित: २०७६-४-२ गते

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको छ । बजारबाट संकलित नमूनाको परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिएका थिए ।

विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन ।

सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको उनले बताए । मर्हजनका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको पाइएको थियो ।

९ वटा उत्पादनमा ३० वटा विषादीको परीक्षण गर्दा सबैमासरकारले तोकेको मापदण्डभित्रै विषादी प्रयोग भएको देखिएको विभागले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855