×
हरिशचन्द्र पोख्रेल ,नवलपुर प्रकाशित: २०७६-४-५ गते

‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँईदै

मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको खोजी सुरु मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ । प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् ।

उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितव, ७ गते कावासोती (नवलपुर) र बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ । ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि २०० सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ ।

ती मध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् । सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता दुई वर्ष ग्याप भएको थियो ।

‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले स्कुटर सहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय भ्रमण को समेत अवसर पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

युएईबाट हास्य टेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

युएईबाट हास्य टेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खला नियमित..

रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री

रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री

काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साध..

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन

काठमाडौं । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ । भानु प्रतिष्ठान..

मदन पुरस्कारका लागि ७ कृति छानिए (सूचीसहित)

मदन पुरस्कारका लागि ७ कृति छानिए (सूचीसहित)

काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष..