×
अर्थ डेली प्रकाशित: २०७६-४-९ गते

ग्रेटर नेपालको मुद्दा उठाउँदा राज्यले ममाथि पटक-पटक दुर्व्यवहार गर्यो : नेपाल

 

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एक प्रेस विज्ञप्ती मार्फत राज्यले आफ्नो निवासमा पटकपटक प्रहरी प्रवेश गराई दुव्यवहार गरेको भन्दै भर्सना गरेका छन्। सोधपुछ गर्नुछ भनी राज्यले सादा पोशाकका प्रहरी घरआँगनमा प्रवेश गराएर आतंक मच्चाई शान्तिपूर्ण रूपमा बाँच्न पाउने नागरिकको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तीमा भनेका छन्।

‘मेरो निवासमा प्रहरीको प्रवेश नेपालको कानुन र मानवअधिकारका आधारभूत मान्यता विपरीत भएको हुँदा म राज्यको यस किसिमको व्यवहारलाई ‘दुर्व्यवहार’को संज्ञा दिन्छु र यसको घोर भर्त्सना गर्दछु,’ -उनले अगाडी भनेका छन्, ‘म मैले उठाउँदै आएको ग्रेटर नेपालको विषय र भारतीय विस्तारवादविरुद्ध चट्टानजस्तै अडिग छु र म राज्यले दिनसक्ने कुनै पनि किसिमका दुस्खबाट अलिकति पनि विचलित नहुने दृढता प्रकट गर्दछु।’

अध्यक्ष नेपालले केही दिनयता अनलाइन टिभीहरुमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेकोविरुद्ध राय राख्दै आएका थिए। उनले यो भेटघाट नेपाल राष्ट्रविरुद्ध भएको भन्दै चर्को आलोचना गर्दै आएका थिए। यसैको परिणामस्वरुप राज्यले आतंक फैलाएको हुनसक्ने अध्यक्ष नेपालको आशंका छ।

उनले प्रेस विज्ञप्तीमा भनेका छन्, ‘म भन्न सक्दिन, तर यो प्रसङ्ग भारतीय जासुसी संस्था ‘रअ’का प्रमुखको काठमाडौं आगमनको घटनाको विरोधमा मैले गरेको टिप्पणीसँग सम्बन्धित छ भन्ने मलाई लागेको छ। मैले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेकोविरुद्ध सर्वप्रथम मेरो फेसबुक पृष्ठमा लेखेको र त्यसपछि लगातार तीनवटा अनलाइन टिभीलाई अन्तर्वार्ता दिएको थिएँ।’

नेपालद्वारा जारी प्रेस विज्ञप्तीः
सोधपुछ गर्नु थियो भन्दै मेरो निवासमा फेरी सादा पोशाकका प्रहरी प्रवेश गरेका छन्। हिजो दिउँसो १स्०० बजे म नभएको बेला सादा पोशाकका प्रहरी आएर म घरमा भए–नभएको विषयमा सोधपुछ गरेछन्। मेरा छोराले भने अनुसार घरबाहिर दुई जना बसेर भित्र एकजना सादा पोशाकका प्रहरी मसँग सोधपुछ गर्नुछ भन्दै घरको आँगनमा पुगेका थिए। म त्यतिबेला कहाँ छु भन्ने जानकारी लिन खोज्दै निज प्रहरीले मेरो मोबाइल बन्द रहेछ, अर्को नम्बर भए पाऊँ भनेका रहेछन्।

यसरी सुरक्षा निकायका व्यक्ति पटक–पटक मेरो घर–आँगनमा प्रवेश गर्दा एकातिर मेरो परिवारमा आतंक फैलिएको छ भने अर्कातिर राज्यको यस किसिमको व्यवहारले शान्तिपूर्णरूपमा बाँच्न पाउने मेरो अधिकारको हनन भएको छ। ती सादा पोशाकका प्रहरी मलाई तर्साउने उद्देश्यले आएका हुन् कि मलाई पक्राउ गर्न भनेर आएका हुन् म भन्न सक्तिनँ, तर यो प्रसङ्ग भारतीय जासुसी संस्था रअका प्रमुखको काठमाडौं आगमनको घटनाको विरोधमा मैले गरेको टिप्पणीसँग सम्बन्धित छ भन्ने मलाई लागेको छ। मैले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेकोविरुद्ध सर्वप्रथम मेरो फेसबुक पृष्ठमा लेखेको र त्यसपछि लगातार तीनवटा अनलाइन टिभीलाई अन्तर्वार्ता दिएको थिएँ।

मेरो निवासमा प्रहरीको प्रवेश नेपालको कानुन र मानव अधिकारका आधारभूत मान्यता विपरीत भएको हुँदा म राज्यको यस किसिमको व्यवहारलाई ‘दुर्व्यवहार’को संज्ञा दिन्छु र यसको घोर भर्त्सना गर्दछु। म मैले उठाउँदै आएको ग्रेटर नेपालको विषय र भारतीय विस्तारवादविरुद्ध चट्टानजस्तै अडिग छु र म राज्यले दिनसक्ने कुनै पनि किसिमका दुस्खबाट अलिकति पनि विचलित नहुने दृढता प्रकट गर्दछु।

फणीन्द्र नेपाल
अध्यक्ष, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७६-०४-१०

सम्बन्धित विषय: फणिन्द्र नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो २२ जनाको सामूहिक हत्या

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो  २२ जनाको सामूहिक हत्या

२०६४ चैत २७- दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक स..

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीन सरकारबीच २० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणक..

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले  सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..