×
अर्थ डेली प्रकाशित: २०७६-४-११ गते

कार दुर्घटनामा परी अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको कूमामा भएको कार दुर्घटनामा परी दुई जना नेपालीको आइतबार बिहान मृत्यु भएको छ। द नेप्लिज भ्वाइसका अनुसार उक्त दुर्घटना मोनारो हाइवेमा भएको थियो ।

कार तीव्र गतिमा रहेको र सोही कारण अनियन्त्रित हुँदा सडकबारमा ठोक्किन पुगेको हो। कार रुखमा ठोक्किएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा यात्रारत अर्की एक महिलाको मृत्यु भएको उक्त सञ्चारमाध्यमले समाचारमा जनाएको छ। उनीहरुमध्ये दुई जनाले कारबाट बाहिर निस्किएर मद्दत मागेका थिए। उनीहरुलाई कूमा अस्पतालमा र कार चालकलाई क्यान्बेरा अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

समाचारमा जनाइएअनुसार १५ जनाको समूह तीनवटा कारमा हिमालतर्फ जाँदै थिए। दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ। समाचारमा दुर्घटनामा परेकाको थर भट्टराई, सुबेदी, कँडेल, देवकोटा र भण्डारी रहेको बताइए पनि नाम भने खुल्न सकेको छैन। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

अष्ट्रेलियाको बक्स हिल इन्स्टिच्युटले गर्यो बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग

अष्ट्रेलियाको बक्स हिल इन्स्टिच्युटले गर्यो बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग

विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले..

युएईमा अलपत्र परेका परियार नेपाली जनसम्पर्क समितिको सहयोगमा नेपाल फिर्ता

युएईमा अलपत्र परेका परियार नेपाली जनसम्पर्क समितिको सहयोगमा  नेपाल फिर्ता

वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद..

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

 वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा..

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसिया को छेत्रीय सम्मेलन थाईल्याण्डको राजाधानी बैंककमा सम्पन्न भएको छ । पुर्बी एसिय..