images
images

बिहिवार , २०७६ फाल्गुण  ८ ( Thursday , 2020 Feb 20 )

हुवावेको ६ महिनाको आम्दानी ५८ अर्ब ३० करोड डलर

अर्थ डेली

प्रकाशित: २०७६-४-१४ गते

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले चालू वर्षको मध्यावधिमा आम्दानी २३।२ प्रतिशतले बढाएको छ। विश्वकै ठूलो दूरसञ्चार सेवा सामग्री निर्माता कम्पनी हुवावेले यो वर्षको मध्यावधिसम्ममा ५८ अर्ब ३० करोड डलर आम्दानी गर्न सफल भएको हो। कम्पनीले मंगलबार उक्त तथ्यांक प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ।

यो अवधिमा कम्पनीको नेट प्रोफिट मार्जिन ८।७ प्रतिशत रहेको हुवावेले जारी गरेको तथ्यांक रिपोर्टमा उल्लेख छ। त्यस्तै कम्पनीको स्मार्टफोन शिपमेन्ट पनि २४ प्रतिशतले बढेको छ। यो अवधिमा ११ करोड ८० लाख स्मार्टफोन शिपमेन्ट (जहाजमा राख्ने काम) भएको छ। त्यस्तै कम्पनीका ट्याबलेट, पीसी, विरेबलको शिपमेन्टमा पनि वृद्धि भएको देखिएको छ।

हुवावेका प्रमुख लियांग हुआले शेन्जेनमा रहेको कम्पनीका कार्यसञ्चालन उत्साहपूर्ण रुपमा भइरहेको जानकारी दिएका छन। उनले अहिले कम्पनीको व्यवसाय उल्लेखनीय रुपमा अघि बढेको पनि बताए। यद्यपि उनले केही समय वृद्धिदरमा कमी आउनसक्ने पनि जानकारी दिएका छन।

चीन र अमेरिकाबीचको व्यापार युद्धमा परेको हुवावेले यो वर्षको मध्यावधिमा पुनः कमब्याक गरेको छ।

कम्पनीले यो वर्ष १ सय २० अर्ब युआन अनुसन्धान र विकासमा खर्च गर्ने योजना बनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]gmail.com
Post Box No. 855