×
अर्थ डेली प्रकाशित: २०७६-४-२६ गते

नेकपा अध्यक्ष प्रचण्डको भनाई प्रति फेसबुकमा सूर्य थापा र दीपशिखाको भनाभन

काठमाडौं । ‘आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । अहिले यही विषयलाई लिएर नेकपाका दुई युवा नेताबीच फेसबुकमा भिडन्त परेको छ ।

एमाले पृष्ठभूमिका सुर्य थापा र माओवादी पृष्ठभूमिका रामप्रसाद सापकोटा दीपशिखा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका हुन् । थापा नेकपाका केन्द्रीय सदस्य हुन् भने दीपशिखा युवा संघका अध्यक्ष र नेकपाका केन्द्रीय सदस्य पनि हुन् । एउटा पार्टीमा भए पनि थापा प्रचण्डको र दीपशिखा केपी ओलीको आलोचक मानिन्छन् ।

थापाले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । प्रचण्डसँग व्यक्तिगत निकटता राख्ने दीपशिखालाई त्यो स्टाटस चित्त बुझेन । उनले थापामाथि फायर खोल्दै उनलाई पार्टीबाट पद त्याग गर्न सुझाव दिएका छन ।

दीपशिखाले आफ्नो व्यक्तिगत विचार भन्दै लेखेका छन्, ‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्व्को विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । यस्ता गाली आजकाल फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाए हुन्छ ।’

यो स्टाटसमा उनले थापाको अर्को पुरानो स्टाटसको स्क्रिनसट पनि हालेका छन् । उक्त स्टाटसमा थापाले लेखेका थिए, ‘नेकपामा पूर्व एमाले कसैको जिम्मेवारी खुमलटारको, दया, कृपा र सहमतिमा तोकिने होइन । त्यहाँको दुख सिमा थाहा नपाउने सायदै कोही होला ।’

दिपशिखाको स्टाटसपछि थापाको जवाफ पनि आएको छ । उनले लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? बिचरा ।’

यसमा दीपशिखाको जवाफ आउन बाँकी छ । यी दुई युवाहरुबीच यसरी खुल्ला वादविवाद भइरहँदा नेकपाका कार्यकर्ता चिन्तित बनेका छन् अरुले रमाइलो मानेका छन् । एमाले र माओवादीको एकतापछि पार्टीको नीति–निर्णयविरुद्ध लेख्नमा यी दुवै नेता पहिल्यैदेखि कम छैनन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो २२ जनाको सामूहिक हत्या

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो  २२ जनाको सामूहिक हत्या

२०६४ चैत २७- दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक स..

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीन सरकारबीच २० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणक..

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले  सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..