×
अर्थ डेली प्रकाशित: २०७६-४-२६ गते

अब देशभर CCTV ले निगरानी गर्छ : DIG डा. राजीव सुब्बा

नेपाल प्रहरी संचार निर्देशनालय प्रमुख DIG डा.राजीव सुब्बाले स्थानीय तहसँगको सहकार्यमा देशभर CCTV राख्ने काम भइरहेको बताएका छन्  । उनले अब अपराध नियन्त्रणमा यसले ठुलो भूमिका खेल्ने समेत बताएका छन्  । उनले समयक्रमसंगै प्रविधिमा पनि ब्यापक परिवर्तन भएकोले  अबको युद्द भनेको साइबर वार हुने भएकाले साइबर सेक्युरिटी महत्वपूर्ण भएको बताए  ।

 उनले नेपाल प्रहरीले पनि समय परिस्थिति अनुकुल परिवर्तन गरिरहेको बताए । उनले भने- नेपाल प्रहरीले अहिले   नेपालमा नंया प्रबिधि p-25 ल्याउन लागेको  छ । यो प्रबिधि हाल अमेरिकामा प्रयोग भैरहेको छ । यो प्रबिधि करिव तिन-चार महिनाभित्रमा नेपाल भित्रने उनले बताए ।  यो सुरक्षा मामलामा अत्याधुनिक प्रबिधि मानिन्छ । अहिले नेपाल प्रहरीले रोबोट समेत निर्माण प्रकृया थालेको छ । उत्त रोबोटको डमी समेत बनिसकेको छ । नेपाल प्रहरी संचार निर्देशनालयले हाल ट्राफिक प्रहरीले प्रयोग गर्ने गुरुजी एप समेत बनाएको थियो भने अहिले ट्राफिक प्रहरीले नै यो एप प्रयोग गरिरहेको छ ।

नेपाल प्रहरी संचार निर्देशनालय प्रमुख डी.आइ.जि. डा. राजीव सुब्बाले नेपाल प्रहरीले केहि समय भित्रमा अत्याधुनिक प्रबिधि p-२५ भित्राउन लागेकोले नेपाल प्रहरी अहिले भन्दा झन् अब्बल बन्न यसले सहयोग गर्ने  बताए । प्रबिधिको क्षेत्रमा नेपाल प्रहरी कुनै पनि देशको प्रहरी भन्दा कमजोर नभएको बताए ।  अहिले अमेरिकामा प्रयोग भइरहेको प्रबिधि नेपालले समेत प्रयोग गर्दैछ , उनले भने – चीनमा प्रयोग हुने प्रबिधि पनि नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।

उनले सम्पूर्ण युवा-युवतीहरुलाई आफ्नो सर्टिफिकेट देखाउने भन्दा पनि आफ्नो क्षमता देखाउन आग्रह गरे । नेपालमा पछिल्लो समय साइबर क्राइम  बढ्नुको कारण चेतनाको कमिको कारण भएको उनको भनाइ थियो । डा. सुब्बाले जागिर भन्दा पनि आफैमा केहि गर्ने सोच राखेर अघि बढ्न सबै युवाबर्गलाई आग्रह गरे ।

अर्थ डेलिका  लागि DIG डाराजीव सुब्बासंग बिनोद भट्टराईले गरेको कुराकानी थप भिडियोमा हेर्नुहोस्!

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार नबन्दा संघियता नै फेल हुने अबस्थामा छ : पुर्व गृहमन्त्री तामाङ

सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार नबन्दा संघियता नै फेल हुने अबस्थामा छ : पुर्व गृहमन्त्री तामाङ

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एबं पुर्व गृहमन्त्री बुद्धीमान तामाङले  अहिलेको अबस्थामा..

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुक..

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

नेपालका वास्तविक राष्ट्रवादी नेता को होलान् ? झट्ट नेताका भाषण वा कुरा सुन्दा लाग्छ सबै राष्ट्रवादी हुन् । सुरूङ यु..

सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर अब युएनपिओमा जान्छौं (भिडियो हेर्नुहोस् )

सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर अब युएनपिओमा जान्छौं  (भिडियो हेर्नुहोस् )

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुक..