×
अर्थ डेली प्रकाशित: २०७६-५-२ गते

विमानस्थलमा पारश शाहको दादागिरी, बर्दीवाल प्रहरीमाथि धक्का र अपमान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्वोधन गर्नेक्रममा राजावादीहरुलाई बेमौसमको बाजा नबजाउन भनेका थिए । तर, प्रधानमन्त्रीले चिहानको हड्डी फुकेर राजसंस्था फर्कँदैन भनेकै दिन त्रिभुवन विमानस्थलभित्र एक राष्ट्रसेवक प्रहरीले पूर्वयुवराज पारश शाहबाट धक्का र अपमान व्यहोर्नुपर्‍यो ।

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् ।

पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढे । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जंगिँदै फर्किए ।

प्रहरीलाई दोस्रोचोटि झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनी वीचैबाट फर्केर चोर औंला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागे ।

आमा कोमल शाहलाई बैंककका लागि विदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए ।

पूर्वराजपरिवारका सदस्यहरु विमानस्थल पुग्दा ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि-शर्ट लगाएका युवाले विमानस्थल परिसरमै राजतन्त्रको पक्षमा नारा घन्काएका थिए ।  प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका हुन् ।

विमानस्थलमा पूर्वराजपरिवारका तर्फबाट नाराबाजीका लागि भीड जम्मा पारिएकाले विमानस्थल प्रवेश गर्ने मुख्य गेटमा को पूर्वराजपरिवारको सदस्य हो र को नारा लगाउन आएको कार्यकर्ता हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो थियो ।

गेटमा उभिएका प्रहरीले एक/एकजनालाई पालैपालो भित्र छिराइरहेका थिए । पारसले पनि आफ्नो परिवारका सदस्यलाई हातले तान्दै भित्र छिराइरहेका थिए । आमा कोमल, बहिनी प्रेरणा, छोरा हृदयेन्द्र र भाञ्जा पार्थव छिरिसकेपछि पारसले प्रहरीलाई हुत्याउँदै अगाडि बढेको दृश्य भिडियोमा देखिन्छ ।

प्रहरीको छातीमा धकेलिसकेपछि पुनः फर्किएर झम्टन खोजेको दृश्यले राजतन्त्रकालीन गुण्डागर्दीको झल्को दिएको छ । पूर्वयुवराज पारस राजतन्त्रकालमा यस्तै हर्कतका कारण बेला-बेलामा विवादमा आउने गरेका थिए । अहिले पनि उनले आफूलाई कानूनभन्दा माथि नै सम्भिmएको आइतबारको उनको व्यवहारले देखाएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Elsie

August 21st, 2019 - 3:51PM

It is perfect time to make some plans for the future and it’s time to be happy. I have learn this put up and if I could I desire to recommend you some interesting issues or suggestions. Perhaps you can write next articles regarding this article. I wish to read even more issues approximately it! It’s perfect time to make some plans for the future and it is time to be happy. I have read this post and if I could I desire to suggest you some interesting things or suggestions. Perhaps you can write next articles referring to this article. I desire to read even more things about it! Hi there, I log on to your new stuff on a regular basis. Your story-telling style is witty, keep it up! http://Foxnews.Co.uk/

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

नागरिक समूहको सिमानामा पर्खाल लगाऔं अभियान सुरु

नागरिक समूहको सिमानामा पर्खाल लगाऔं अभियान सुरु

सामाजिक क्षेत्रमा काम गरिरहेको नागरिक समूहले एक बिशेष कार्यक्रमको आयोजना गरि ‘खुला सिमानामा पर्खाल लगाऔं&rsqu..

स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर, विभागले माग्यो माफी

स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर, विभागले माग्यो माफी

काठमाडौं । स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले माफी मागेको छ । विभ..

राजधानीमा सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेराबाट निगरानी गर्दै प्रहरी

राजधानीमा सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेराबाट  निगरानी गर्दै प्रहरी

नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक..

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । आँखारोग विशेषज्ञ डा। सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । ५ ला..