×
अर्थ डेली प्रकाशित: २०७६-५-६ गते

म नेतृत्व लिन तयार छु : हरिशरण खरेल पर्यटन व्यवसायी

यहि भाद्र २० गते हुन गइरहेको पर्यटन ब्यवसायीहरुको छाता सङ्गठन टानकाे नेतृत्व लिन आफु तयार रहेको युवा पर्यटन ब्यवसायी हरिशरण खरेलले वताएका छन। अर्थ डेली संग कुरा गर्दै खरेलले आफ्ना बिस्तृत कार्ययोजनाकाे खाका वताए । नेतृत्वको लागि आफ्नो उमेदवार पक्का भएको उनले वाताए ।

के भन्छन् खरेल

विगत १८ वर्षदेखि पर्यटन व्यवसायमा भरिया हुँदै गाईड गर्दै विगत ७ वर्षदेखि एशियन एक्सपीडीसन प्रा.लि. नामक ट्रेकिङ अफिस सञ्चालन गर्दै आइरहेको छु । शैक्षिक योग्यता स्नातक रहेको र स्पानिस भाषामा राम्रो दखल राख्ने एक म काभ्रेवाट आएको पर्यटन व्यवसायी हुँ । गत २०१७ को टान निर्वाचनमा सदस्य पदमा उपविजेता समेत रहेको र विभिन्न देशको समेत भ्रमण गरेको छु र यो व्यवसायको हकहित नै सबै व्यवसायीको हित हो भन्ने मान्यता राख्दछु । मेरो वुवा कटक बहादुर (ठूला) खरेल समेत ट्रेकिङ गाईड हुनुहुन्थ्यो उहाँको प्रेरणा बाट पर्यटनमा लागेको म, मेरो २ पुस्ता नै यसमा व्यतित भैसकेको छ । त्यसैले पर्यटन क्षेत्रको सबैभन्दा फराकिलो ब्यापक सरोकार राख्ने ट्रकिङ्ग व्यवसायीहरुको छाता संगठन टानको चुनाव आउदो भाद्र २० गते (सेप्टेम्बर ०६, २०१९) मा सम्पन्न हुन गइरहेको छ । विगत टानको इतिहास गौरवपूर्ण रहेको छ ।

यसले आमरुपमा व्यवसायी तथा मजदुरको पक्षमा केही महत्वपूर्ण तथा दुरगामी महत्व राख्ने सकारात्मक काम गरेको हो । यसो भन्दै गर्दा पछिल्लो केही वर्ष देखी यसको सकारात्मक भन्दा नकारात्मक पक्षको वढि चर्चा हुन थालेको छ । यो सबैभन्दा डरलाग्दो पक्ष हो । जुन हाम्रो व्यवसायीहरुको आशा र भरोसाको केन्द्रविन्दु रहेको हाम्रो छाता संगठनको सन्दर्भमा यस्तो कुरा आउँदा मनमा तरङ्ग र प्रश्न उठनु स्वभाविक नै छ । मलाई यस्तो सुन्दा साह्रै पिडा लागरहेको छ । यसरी यसको नकारात्मक मात्र चर्चा हुनु भनेको टानको नेतृत्व गर्नैको नेतृत्व शैली अनि भडकिलो र खर्चीलो चुनावी अभियान, सक्षम भन्दा भुगोल र समुदायको आधारमा चुनावी नतिजा आउनु र इच्छाशक्ती कम भएको नेतृत्व पङ्क्तिको कारणले गर्दा आज आफ्नो घरको मुलिको नकारात्मक कुरा सुन्नु पर्ने अवस्था र करीव २० प्रतिशत व्यावसायीहरु टानको औचित्य नै छैन भन्ने तहमा पुगेको देखिन्छ ।

त्यसैले आजको मुल एजेन्डा भनेको टानको औचित्य माथि प्रश्न मुखरीत गर्ने २० प्रतिशत व्यवसायीहरुको समेत प्रतिनिधित्व हुने गरी टानको आगामी निर्वाचनमा उमेदवारी दिनु र चुनावी मैदानमा जानु उत्तम हुनेछ । यसको लागी अवको टानको नेतृत्व गर्ने जो सुकै आयपनि सबैभन्दा पहिला असुन्तुष्टहरुको कुरालाई समेटेर वृहत राम्रो टान बनाउने हुनुपर्दछ । आज मैले यो भन्नै पर्छ अवको नेतृत्व दावा गर्नेले आगामी २ वर्षमा सम्मुनत टान बनाउनै पर्दछ होइन भने खारेजी त होइन तर धेरै अधिकार नभएको केवल व्यवासायीहरुको मन्थन गर्ने चौतारी तथा सरकारको पर्यटन सुत्र अनि विज्ञहरुको संगठनको रुपमा मात्र हुने गरी टानको स्वरुप र अधिकार लाई परिवर्तन गरी सबैको टान बनाउनु उपयुक्त हुन्छ । यसबाट निर्वाचन आएपछि उमेदवारको लागि दौधुप मात्र होइन खर्च कम गर्ने मितव्ययीता पनि कामय रहन्छ । यसो भन्दा बजारमा यसले त टानको विघटन खोज्यो भन्नु होला त्यसो होइन तर यदि सबै १०० प्रतिशत व्यववसायीले चाहे पनि त्यो पनि सम्भव होला तर यसको समाधान विघटन होइन । समाधान भनेको की समुन्नत टान की परिवर्तित टान हो ।

त्यसैले आजको टानको सन्दर्भमा दुई अर्थी कुरा गर्नै नेतृत्व होइन डयाम डयाम लगाएर काम गर्ने खालको नेतृत्व चाहिन्छ । अबको नेतृत्व क्रमभंग मा विश्वास गर्ने आटिलो दरिलो तथा क्षमतावान चाहिन्छ । यसको लागी पर्दा पछाडी पारिएका युवाहरुबाट नेतृत्व स्थापना गरी वारकी पारको लडाइको लागी निर्णायार्थ प्रस्तुत हुने नेतृत्व चाहिन्छ र यसो गर्दै गर्दा हाम्रो टान उत्कृष्ट टान बनाउन निम्न लिखित कुराको प्रतिवद्धता सहित आउनु पर्ने देखिन्छ ।

 प्रतिवद्धता

१. २ वर्षमा टान सम्मुनत हुनेछ र सबैको टान हुनेछ वा सरकारको पर्यटन संग सम्बन्धीत सम्पर्क सुत्र तथा सरकारले सल्लाह लिने विज्ञहरुको संगठनको रुपमा मात्र रहने छ भनेर वार कि पार लडाई लड्नु पर्नेछ ।

२. होम स्टे ट्रेकिङ रुटहरु सञ्चालन गर्न पहल गर्नुपर्नेछ ।

३. चलि रहेको ट्रेकिङका रुटहरुमा यातायातको ब्यवस्था भएको ठाउँमा वैकल्पिक ट्रेकिङ रुटको व्यवस्था गर्नुपर्दछ ।

४. इलेगल ट्रेकिङ अपरेसन बन्द गर्नुपर्दछ ।

५. एजेन्सी बिना ट्रेकिङ परमिटको व्यवस्था खारेजी गर्नुपर्दछ ।

६. ट्रेकिङ परमिट एकद्वार तथा अनलाइन प्रणालीबाट एजेन्सीले नै दिने व्यवस्था गर्नु पर्दछ तत्कालै ३/४ ठाउँमा धाउनु पर्ने व्यवस्थाको अन्त्य गर्नुपर्दछ ।

७. मुस्ताङ लगाएत विशेष भनिएका ठाउँको परमिट शुल्क घटाउनु पर्दछ साथै १ जना भएपनि परमिट दिने व्यवस्था गर्नुपर्दछ ।

८. ट्रेकिङ मजदुर जस्तै गाइड तथा भरियाको सामाजिक सुरक्षा तथा जिवनयापनको लागी काम नभएको समयमा सरकारवाट बेरोजगार भत्ता व्यवस्था गर्नुपर्दछ ।

९. माउन्ट एभरेष्टको अंगेजी नामाकरण लाई निरुसाहीत गरी अन्तराष्ट्रिय स्तरमा सगरमाथा हिमालको नामको वोली र लेखाइबाट प्रचार गर्नुपर्दछ । कीनकी यो हाम्रो देशको प्राण हो यसको अंग्रेजी वा नेपाली दुवैमा एउटै नाम हुनुपर्दछ जून नेपाली बाट नै हुनुपर्दछ । जुन Mount Sagarmatha हुनु पर्दछ ।

१०. नयाँ नयाँ ट्रेकिङ रुटहरु खोजि जस्तै कृषि पर्यटन, आयुर्वेदिक पर्यटन, समानीजम पर्यटन, गाउ पर्यटनलाई विशेष महत्व दिई प्रचार गर्नुपर्दछ ।

११. यो ब्यवसाय सेवा मुलक भएकोले अनिवार्य भ्याटमा जाने व्यवस्थाको खारेजी गर्नु पर्दछ ।

१२. पर्यटन वर्ष २०२० को सन्दर्भमा पर्यटकको सिजन नभएको महिना जस्तै जुन, जुलाई, अगस्ट, जनवरी र फेव्रुअरीमा  फ्रि भिसा दिन नेपाल सरकार सगै अनुरोध गर्नुपर्छ ।

१३. यो टानको २ वर्ष गोष्ठी, सेमिनार र अन्तराष्ट्रिय यात्रा टानको मेम्बरबाट सहभागी नहुने, विशुद्ध पर्यटन सगँ सम्बन्धीत कार्य गर्ने जसबाट टानमा जानु भनेको विदेश घुम्न जानु हो भन्ने कुराको पूर्ण खण्डन हुनेछ ।

१४. निर्वाचीत भए पश्चात पर्यटन व्यवसायीहरुको एउटा तत-तत विषयमा विज्ञ टोली बनाई सबैको सहभागिता र अपनत्व हुने गरी सल्लाह सुझाव लिई प्राथमिकताको आधारमा कार्य गर्नुपर्छ ।

 

यी र यस्तै काम गर्नको लागी अवको नेतृत्व चाहिन्छ यसको लागी आवश्यक निर्णय लिने क्षमता म सगै छ यदि व्यवसायीक मित्रहरु साच्चै नै टानलाई एउटा उचाइमा पुर्याउने म जस्ता युवाहरुलाई नेतृत्वमा पठाउन अनिवार्य भैसकेको छ नत्र सधै भरी नेतृत्वबाट फर्कदा आलोचनाको भारी मात्र खेपेर फर्कने परिपाटी निरन्तर रहने छ त्यसैले यो पटकको टानको चूनाव निर्णायक बनाउन अत्यावश्यक छ ।

विगतदेखि उठाउँदै आएको मुद्दा मात्र वर्षेनी एजेन्डा बन्ने आखिरी केही नहुने यो परीपाटीको अन्त्य आजको पहिलो शर्त हो । त्यसकारण एकपटक यो तहबाट सोचौ की केही गरु भन्ने युवाहरुलाई नेतृत्व दिऔ यसको लागी म नेतृत्व दिन हरदम तयार छु तर लुछा चूडी र जालझेल बाट म नेतृत्वमा पुग्न कोशिष गर्ने छैन । यो खेल मेरो लागी योग्य पनि छैन त्यसैले एकपटक व्यवसायी मित्रहरुलाई फरक ढङ्गले क्रमभंग हुने ढङ्गले सोचौ र नेतृत्व निर्वाचित गरौ यसको लागी सर्वसहमती नै पहिलो मान्यता हो ।

( हरिशरण खरेल, एसियन  एक्सपीडीसन प्रा.लि.का  म्यानेजिङ्ग डाइरेक्टर हुन् )

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि भन्दै न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन..

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

बुद्धिमान त्यहि हो जो पूर्ण संकल्पका साथ कार्य सम्पन्न गर्द्छ।त्यही मानिस बुद्धिमान हो, जो रिसमा पनि छुद्र बोली मुख..

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता : निर्मल भट्टराई

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता :  निर्मल भट्टराई

संविधान जारी भएपछि सबैमा यो कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तर यसको कार्यान्वयन संगसंगै अब देश विस्ता..

किन हुन्छ पटक-पटक हाडनाता करणी ? के भन्छ अनुशन्धान, हेर्नुहोस् !

किन हुन्छ पटक-पटक हाडनाता करणी ? के  भन्छ अनुशन्धान, हेर्नुहोस् !

सहसचिब जस्तो पढे लेखेको , ठूलो पदमा पुगेको र उमेरले पनि ४५ बर्ष पुगेको परिपक्क ब्यक्तिले आफ्नै १८ बर्षकी छोरीलाई पट..