images
images

बिहिवार , २०७६ फाल्गुण  १५ ( Thursday , 2020 Feb 27 )

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

अर्थ डेली

प्रकाशित: २०७६-५-७ गते

मेरिना जिम्बाको प्रस्तुती तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक भएको छ ।
नेपाल चलचित्र विकास वोर्डको हलमा आज भएको उक्त चलचित्रको उद्घाटन तामाङ चलचित्र संघको अध्यक्ष विकु थोकर द्धारा उदघाट्न गरिएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ पि.एल श्रेष्ठ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

निर्माता वीर बहादुर तामाङ र सहनिर्माता विजय तामाङ थिङ रहेको यस तिल्दा चलचित्रको निर्देशन बाबु जिम्बा रहेका छन् । कथा र गित स्वयंम बाबु जिम्बाकै रहेको उक्त चलचित्रको नायक स्वयंम बाबु जिम्बा रहेका छन भने नायिका पुर्णिमा लामा छन ।

चलचित्रको निर्माता वीर बहादुर तामाङ, सह निर्माता विजय तामाङ थिङ ,निर्देशक ,कथा,गित बाबु जिम्बा,पटकथा कमल रुम्बा,द्धन्द्ध निर्देशक बिडि आले, नृत्य निर्देशक सागर गोले, युद्ध लामाले गरेका हुन भने चलचित्रको छायांकन आसिस जीम्बा, पारा किम्दे, खलनायक केबी मोक्तान र जगु मोक्तान रहेका छन भने अन्य कलाकारहरुमा विर वहादुर तामाङ, रोशन तामाङ,डोल्मा ब्लोन, माया तामाङ लगायतका रहेका छन ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855