×
अर्थ डेली प्रकाशित: २०७६-५-७ गते

नेपाली सेनामा उचाइ र तौलबीचको अनुपात मिलाउनु अनिवार्य

नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।

बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बीएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् । 

पदोन्नति हुन, विभिन्न सैनिक कार्यालय तथा युनिटको नेतृत्व सम्हाल्न र शान्ति मिसनमा खटिनका लागि बीएमआई सन्तुलित हुनु अनिवार्य छ । मेजर तहका सैनिक अधिकृतहरू स्टाफ कलेज पास गरे पनि बीएमआई फिट नभएमा पदोन्नति हुनबाट वञ्चित हुनेछन् । त्यस्तै एनडीसी ९नेसनल डिफेन्स कोर्स० पूरा गरेका सहायक रथीहरू उपरथीमा पदोन्नति हुन बीएमआई अनिवार्य गरिएको छ । सेनाले बीएमआई मापनको सम्पूर्ण जिम्मा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई दिएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 
 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

अब चेक अनादरमा फौजदारी मुद्दा नलाग्ने

अब चेक अनादरमा फौजदारी मुद्दा नलाग्ने

चेक अनादरको मुद्दा अब सरकारवादी फौजदारी कसुर नहुने भएको छ । विनिमय अधिकारपत्र ऐनअनुसार अब यस्ता मुद्दा जिल्ला अदालत..

आज खीर खाने दिन : यस्ता छन् खीर खानुको फाइदा

आज खीर खाने दिन : यस्ता छन् खीर खानुको फाइदा

 असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा ख..

हिलोमाथि रातो कार्पेटको जात्रा : प्रधानमन्त्रीको समृद्धि यात्रा

हिलोमाथि रातो कार्पेटको जात्रा : प्रधानमन्त्रीको समृद्धि यात्रा

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड..

लोकसेवा विज्ञापन : सरकार पछि हट्ला कि समिति ?

लोकसेवा विज्ञापन : सरकार पछि हट्ला कि समिति ?

लोकसेवा आयोगले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापनबारे छलफल गर्न तीनपटक बोलाउँदा पनि संघीय..