×
अर्थ डेली प्रकाशित: २०७६-५-९ गते

नेपालकै गुणस्तर परीक्षणलाई भारतको मान्यता, कोलकाता जानुपर्ने झन्झट अन्त्य

काठमाडौं । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ । नेपाल र भारतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच भएको प्रारम्भिक समझदारीले यस्तो झन्झट हटाएको हो ।

समझदारीअनुसार अब अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषि उपजहरु भारत निर्यात गर्दा गुणस्तर परीक्षणका लागि कोलकाता जानुपर्ने छैन । नेपाल(भारत संयुक्त आयोगको बैठकमा भएको उक्त सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुलाई फाइदा हुनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य प्रविधि अधिकृत मोहनकृष्ण महर्जनले सम्झौता पूर्णकार्यान्वयनमा आएपछि नेपाली निर्यातकर्ताले आफ्नो उत्पादन काठमाडौंसहित विराटनगर, वीरगन्ज र भैरहवामै परीक्षण गरेर भारत निर्यात गर्न सक्ने बताएका छन ।

सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाअनुसार शंका लागेका वस्तुहरुको परीक्षणका लागि भने दुवै देशलाई पुनः जाँचको सुविधा रहने सम्झौतामा उल्लेख छ ।

वाणिज्य मन्त्रालयका अनुसार नेपालले निर्यातजन्य सूचीमा रहेका २६ प्रकारका खाद्य वस्तु, तरकारी, फलफूलमा समझदारी गर्न भारतसँग प्रस्ताव गरेको थियो । तर भारतीय पक्ष हालका लागि २१ प्रकारका नेपाली उत्पादनमा यस्तो सुविधाका लागि सहमत भएको छ । यसमा चिया, कफी, जुस, जाम, फलफूल, बेसार, तरकारी, प्रशोधित मह, अलैंची, अदुवा, जडीबुटी, दूध, पाउडर दूध, प्रशोधित मासु, अचार, आईसक्रिमलगायत छन् ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिमा उल्लेख छ । दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिले आयात, निर्यात व्यापारमा सहज हुने वाणिज्य मन्त्रालयको अपेक्षा छ ।

दुई देश बीचको समझदारी अभावमा यसअघि नेपालका बिभिन्न नाका भएर निर्यात हुने कृषिजन्य वस्तुहरु अदुवा, अलैंचीलगायतलाई भारतीय पक्षले पटक(पटक अवरोध गर्दै आएको थियो ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

3 Comments

Fred

August 29th, 2019 - 10:29PM

You've made some really good points there. I looked on the web to find out more about the issue and found most people will go along with your views on this website. Woah! I'm really loving the template/theme of this site. It's simple, yet effective. A lot of times it's tough to get that "perfect balance" between user friendliness and appearance. I must say you have done a amazing job with this. Also, the blog loads extremely quick for me on Internet explorer. Superb Blog! I have been browsing online more than 4 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my view, if all website owners and bloggers made good content as you did, the net will be a lot more useful than ever before. http://car.com/

agen judi bola

October 05th, 2019 - 9:38PM

We are a bսnch of volunteers and ᧐pening а brand new scheme in our community. Your web site offerеd uus wіth helpfᥙl info to work on. You have done a formidable pгоcess and our entire cοmmunity will likely be thankful to you. http://dominoqqzfrh746.nikehyperchasesp.com/betfame-petunjuk-bertaruh-situs-judi-bola-hari-ini-dari-tipsters-terlatih

Lihat Disini

October 11th, 2019 - 3:41PM

What'ѕ Haρpening i am new to thiѕ, I stumbled uupon this I have discoverdd It absolutеly helppful and it has helped me out loads. I hope to give a ϲontribution & help different users lije its helped me. Good job. http://sdsn.rsu.edu.ng/index.php/component/k2/itemlist/user/4776764

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

जोखिममा डिजिटल बैंकिङ

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चल..

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्..

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबीच सम्झौता भएको छ।..

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकले गर्यो  विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्च..