×
अर्थ डेली प्रकाशित: २०७६-५-१० गते

सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार नबन्दा संघियता नै फेल हुने अबस्थामा छ : पुर्व गृहमन्त्री तामाङ

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एबं पुर्व गृहमन्त्री बुद्धीमान तामाङले  अहिलेको अबस्थामा प्रमुख प्रतिपक्ष कमजोर देखिएको बताएका छन्  । उनले प्रतिपक्षले जति आफ्नो उपस्थिति देखाउनुपर्ने हो त्यो देखाउन नसकेको र  सत्तापक्ष दुई तिहाई हुँदा पनि केहि गर्न नसकेको बताए । अहिले जनताहरु निराशाजनक अवस्थामा पुगेको उनको भनाइ थियो । सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार नबन्दा संघियता नै फेल हुने अबस्थामा पुगेको बताउदै नेता तामाङले देशमा अपराध र असुरक्षा बढेको आरोप लगाए ।

उनले  केन्द्रीय सरकार बलियो बनाउने र स्थानीय तहलाइ थप अधिकार  दिनुपर्ने आवश्यकता औल्याएका छन् । उनले हिन्दु राष्ट्रको पुनस्थापना,राजासहितको लोकतन्त्र र संघियताको बिषयमा जनमत संग्रह गर्नुपर्ने बताए । छिमेकी चीन र भारतले नेपाल निल्ने अवस्था नभएको बताउदै उनले यहाँका नेताहरु प्रयोग गरेको मात्र बताए । राजा भएको देशमा  विकास नहुने भन्ने भ्रम फैलाएको भन्दै उनले राजा भएको देश जापान ,बेलायत,क्यानडा, थाइल्याण्ड,न्युजिल्यान्ड र अस्ट्रेलियासहित ४० भन्दा बढी राष्ट्र  हेर्न सुझाब दिए । 

जात र धर्मको आधारमा विभेद गर्न नहुने मात्र हो तर मान्नु हुँदैन भन्नु गलत भएको उनको ठम्याई रहेको थियो ।  राप्रपा अब एकिकरण हुने बताउदै उनले पहिले ४ सिट भएको भाजपालाई अहिले हेर्न आग्रह गरे ।  आफुहरुले उठाउदै आएको माग मौलिक हक भित्र भएको उनको ठहर थियो ।  राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको बताउदै नेता तामाङले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थीरता तर्फ लैजान नसकेको बताए ।

संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको उनको धारणा थियो । केहि महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न भन्दै जनसंघर्ष परिचालन समिति वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठन गरेको थियो । 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

अब देशभर CCTV ले निगरानी गर्छ : DIG डा. राजीव सुब्बा

अब देशभर CCTV ले निगरानी गर्छ : DIG डा. राजीव सुब्बा

नेपाल प्रहरी संचार निर्देशनालय प्रमुख DIG डा.राजीव सुब्बाले स्थानीय तहसँगको सहकार्यमा देशभर CCTV राख्ने काम भइरहेको..

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुक..

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

नेपालका वास्तविक राष्ट्रवादी नेता को होलान् ? झट्ट नेताका भाषण वा कुरा सुन्दा लाग्छ सबै राष्ट्रवादी हुन् । सुरूङ यु..

सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर अब युएनपिओमा जान्छौं (भिडियो हेर्नुहोस् )

सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर अब युएनपिओमा जान्छौं  (भिडियो हेर्नुहोस् )

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुक..