×
आरपी सहयात्री ,युएई प्रकाशित: २०७६-५-१३ गते

युएईमा अलपत्र परेका परियार नेपाली जनसम्पर्क समितिको सहयोगमा नेपाल फिर्ता

वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ । आफ्नो साथमा रहेको पासपोर्ट हराएका परियार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए । नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको युएईका सामाजिक अभियन्ता तथा नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रीय सभापति दुर्योधन कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार परियारको नेपाल फिर्तीको लागि आवस्यक रकम करिब २ हजार दिराम (नेपाली ६२ हजार रुपैयाँ) पनि नेपाली जनसम्पर्क समितिले जुटाएको थियो । परियार २९ अगस्टको हिमालयन एयरलाइन्सबाट नेपाल फर्किसकेका छन् । यस उद्दार काममा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति युएई, ग्रीनलाइन ट्राभलका संचालक ठाकुर ढुङ्गाना, अमृत कुबर, नरेन्द्र बेलबासे, कृष्ण गौतम, निर्मल पोखरेल, सुमन पराजुली, फडिन्द्र दाहालले विशेष सहयोग गरेको एनआरएनए आरसीसीका अबुधाबीका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले बताएका छन् ।

परियारको नेपाल फिर्तीका लागि प्रसाशनिक कार्यमा सहयोग गर्ने नेपाली राजदूतवास, अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल लगायत दूतावास टिमलाई नेपाली श्रमिकको समस्यालाई समाधान गर्न योगदान गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले आभार प्रकट गरेका  छन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

अष्ट्रेलियाको बक्स हिल इन्स्टिच्युटले गर्यो बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग

अष्ट्रेलियाको बक्स हिल इन्स्टिच्युटले गर्यो बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग

विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले..

कार दुर्घटनामा परी अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

कार दुर्घटनामा परी अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको कूमामा भएको कार दुर्घटनामा परी दुई जना नेपालीको आइतबार बिहान मृत्यु भएको छ। द नेप्लिज भ्वा..

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

 वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा..

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसिया को छेत्रीय सम्मेलन थाईल्याण्डको राजाधानी बैंककमा सम्पन्न भएको छ । पुर्बी एसिय..