×
अर्थ डेली प्रकाशित: २०७६-५-२१ गते

अब कैदीबन्दीले कारागार भित्रबाटै अदालतमा भिडियो कन्फरेन्समार्फत बयान दिन पाउने

नेपालको सबैभन्दा पुरानो कारागार केन्द्रीय कारागारमा भिडियो कन्फरेन्स हल निर्माण भएको छ । केन्द्रीय कारागारमा भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागार भित्रबाटै अदालतमा भिडियो मार्फत वकिलसमक्ष अब बयान दिन पाउने भएका छन् । यो सेवाले अब कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन सक्नेछन ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा अहिले ३ हजार १२९ कैदीबन्दी छन् । यहाँ केन्द्र, भद्र र महिला जेल गरि तिन ओटा कारागार छन् । केन्द्रमा १ हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक समेत रहेको छ ।

अब यो सेवा केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा उपलब्ध हुनेछ । अहिले यी कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत समेत गरिएको छ भने देशभर रहेका सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने कारागार विभागको योजना समेत रहेको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

बुधबारदेखि २६ सहरमा फोरजी

बुधबारदेखि २६ सहरमा फोरजी

नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा वि..

नेपालकै गुणस्तर परीक्षणलाई भारतको मान्यता, कोलकाता जानुपर्ने झन्झट अन्त्य

नेपालकै गुणस्तर परीक्षणलाई भारतको मान्यता, कोलकाता जानुपर्ने झन्झट अन्त्य

काठमाडौं । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य ग..

पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटनाबाट बच्यो पृथ्वी

पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटनाबाट बच्यो पृथ्वी

अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार आईफल टावर भन्दा ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट..

नेपाली स्याटलाइट अन्तरिक्ष पुगेको डेढ महिना तर, तस्बिर प्राप्त गर्ने ग्राउन्ड स्टेसन अझै बनेन

नेपाली स्याटलाइट  अन्तरिक्ष पुगेको डेढ महिना तर, तस्बिर प्राप्त गर्ने ग्राउन्ड स्टेसन अझै बनेन

अन्तरिक्षमा पुगेको नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ डेढ महिनादेखि पृथ्वीको कक्षमा घ..