×
अर्थ डेली प्रकाशित: २०७६-५-२९ गते

कीटमा अस्पतालको ठगी धन्दा : परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

 डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।
मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । महाशाखाका निर्देशक डा। लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए ।

उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।

सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा। अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए । कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षाको समय सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी तथा मांसपेशी कडा रूपमा दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुका लक्षण हुन् । डेंगु संक्रमितको संख्या अझै बढ्ने चिकित्सकले बताएका छन् ।आजको राजधानी दैनिकमा समाचार छ। 

सरकारले डेंगु रोकथामका लागि १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’ जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ । तर, सो रकम केही जिल्लामा प्रयोगमा आउन नसकेको पाइएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

डेंगु प्रकोप : दक्षिण एसियामा एकै भाइरस

डेंगु प्रकोप : दक्षिण एसियामा एकै भाइरस

एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचा..

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्नुपर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्नुपर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्वक नरहेको बताएको छ..

डेंगु संक्रमण बढ्दै : नआत्तिन चिकित्सकको आग्रह

डेंगु संक्रमण बढ्दै : नआत्तिन चिकित्सकको आग्रह

डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्..

डेंगुबाट अहिलेसम्म ४ जनाको मृत्यु, २६०० संक्रमित

डेंगुबाट अहिलेसम्म ४ जनाको मृत्यु, २६०० संक्रमित

काठमाडौं । डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ । देशभर डेंगुको प्रकोप फैलिएको समाचार..