×
अर्थ डेली प्रकाशित: २०७६-५-३१ गते

राष्ट्रपतिले सम्बोधन गर्ने र्‍यालीमा बम आक्रमण,२४ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको एक निर्वाचन र्यालीमा बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।

मंगलबार पारवन प्रान्तस्थित निर्वाचन र्यालीलाई राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यतालिका थियो।

सोही भीडलाई लक्षित गरेर आक्रमण भएको हो। यसैबीच राजधानी काबुलमा समेत बम आक्रमण भएको बताइएको छ। उक्त आक्रमणमा ३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

उक्त आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन। तालिवान समूहले त्यहाँ सरकारी सेना तथा सरकारी कार्यालयलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्।

तालिबानले आगामी सेप्टेम्बर २८ तारिखमा हुने भनेको राष्ट्रपतिय निर्वाचन भाँड्ने उद्घोष गरिसकेकाले यस आक्रमण तालिबानले नै गराएको आशंका गरिएको छ।

आक्रमणबाट राष्ट्रपति असरफ घानीलाई कुनै चोट लागेको छैन। उनी सुरक्षित रहेको जनाइएको छ।

 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका त..

तेस्री श्रीमती भित्र्याउन खोज्नेलाई पहिलेका दुई श्रीमतीले गरे रामधुलाई

तेस्री श्रीमती भित्र्याउन खोज्नेलाई पहिलेका दुई श्रीमतीले गरे रामधुलाई

दिल्ली । भारतमा तेस्री श्रीमती भित्र्याउन खोज्ने एक व्यक्तिलाई पहिलेका दुई श्रीमतीले मिलेर कुटपिट गरेका छन्। ताम..

भारत र चीनका सैनिकबीच लद्दाखमा झडप

भारत र चीनका सैनिकबीच लद्दाखमा झडप

काठमाडौं । भारत र चीनका सैनिकबीच सीमा क्षेत्र लद्दाखमा झपड भएको छ । भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार सीमा क..

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

बुर्किना फासो । उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्था..