images
images

बिहिवार , २०७६ फाल्गुण  १५ ( Thursday , 2020 Feb 27 )

राष्ट्रिय क्रिकेट टोलीको घोषणा

अर्थ डेली

प्रकाशित: २०७६-६-३ गते

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुर क्रिकेट संघको आयोजनामा हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक शृंखला र लगत्तै ओमानमा हुने पाँच देशको शृंखलाका लागि नेपाली टोली घोषणा भएको हो।

बिहीबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको छ।

कुशल मल्ल र इसान पाण्डे पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। यस्तै दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मा दिइएको छ।

नेपालले जिम्वाबेसँग उद्घाटन खेल खेल्दै शृंखलाको सुरुवात गर्नेछ। यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ।

डबल राउण्ड रोबिनको आधारमा हुने शृंखलामा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ। यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्ने तालिका छ। शृंखलाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

उक्त सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ।

नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङबीच हुने शृंखला अक्टोबर ५ देखि १० सम्म हुनेछ।

दक्षिण एसियाली खेलकुद(साग)का लागि तीन हप्ते तयारी पश्चात नेपाली टोलीको घोषणा गरिएको हो।

राष्ट्रिय टोलीमा परेका खेलाडीहरु

१. पारस खड्का ‘कप्तान’
२. दिपेन्द्र सिंह ऐरी ‘उपकप्तान’
३. सोमपाल कामी
४. बिनोद भण्डारी
५. करण केसी
६. ललित नारायण राजवंशी
७. पवन सर्राफा
८. सन्दीप जोरा
९. सन्दीप लामिछाने
१०. अविनाश बोहोरा
११. कुशल मल्ल
१२. आरिफ शेख
१३. सुशान भारी
१५ इसान पाण्डे

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855