×
राज कुमार ढकाल प्रकाशित: २०७६-६-५ गते

दशैं अफरसहित सीटीसी मलमा मोबाइल मेला सुरु

काठमाडौं । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सीटीसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ। विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफरसहितको मोबाइल मेला आइतबारदेखि सुरु भएको हो।

मोबाइल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बन्नेछ। निःशुल्क पार्किङको व्यवस्था गरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ। यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए।

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफुले खरिद गरेको मोबाइलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइल निःशुल्क पाइनेछ।  हरेक दिन मेला अवलोकनकर्ताबाट लक्की ड्रमार्फत एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउनेछन्।

सीटीसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ।  असोज ५ गत्ते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ। दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ। मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन्।

मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैंयादेखि २ लाख १५ हजार मूल्यका मोबाइल उलिब्ध हुनेछन्। नेपालमै पहिलो पटक सबै भन्दा धेरै ब्राण्डका मोबाइलहरु एउटै स्टोरमा उपलब्ध गराएको सीटीसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाईल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउनेछ। यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ।

हरेक ब्राण्डका मोबाइल एक्सेसरीजको साथमा एक्सचेन्ज अफर, ६० मिनेटमा मर्मत सेवा, उपलब्ध हुनेछ। मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्सको सिटिभी मोबाइलबाट पनि उल्लिखित अफरमा मोबाइल खरिद गर्न सकिन्छ।

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सीटीसी मोबाइल हब उचित गन्तव्य बन्नेछ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

जोखिममा डिजिटल बैंकिङ

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चल..

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्..

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबीच सम्झौता भएको छ।..

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकले गर्यो  विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्च..