×
अर्थ डेली प्रकाशित: २०७६-६-६ गते

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिनुभयो ।

सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिनुभयो । उहाँका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ । मुग्लिनदेखि आँबुखैरिनीसम्मको दूरी १३ भने किलोमिटर छ । प्रवक्ता सापकोटाका अनुसार गाउँबस्ती क्षेत्रमा ‘सर्भिस ट्र्याक’सहित सो सडक छ लेनको र अन्य ठाउँमा चार लेनको हुनेछ । त्यसैले गाउँबस्तीमा सो सडकको चौडाइ ४० मिटर अन्य स्थानमा २५ मिटर हुनेछ। आजको गोरखापत्र दैनिकमा समाचार छ 

सो सडक विस्तारका लागि करिब बीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ‘सिग्नेचर पुल’ निर्माण गरिने सो सडकमा पर्ने दमौलीमा रहेको पुल, पोखराको सेती पुललाई ‘सिग्नेचर पुल’का रूपमा निर्माण गरिने जानकारीसमेत प्रवक्ता सापकोटाले दिनुभयो । यी पुलहरूको अध्ययन र डिजाइन कार्य अहिले भइरहेको जानकारीसमेत उहाँले दिनुभयो । अध्ययन र डिजाइनपछि ठेक्कापट्टाको कामलाई अगाडि बढाइने छ । यो सडक र पुलको विस्तारसँगै पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई

९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई

समझदारीपत्रमा हस्ताक्षरपछि ऊर्जामन्त्री वर्षमान पुन ९बीच०, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी..

नौ नगरमा बन्दै सुन्दर पार्क

नौ नगरमा बन्दै सुन्दर पार्क

काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र ब..

सेटिङमा नेता, न्यायाधीशदेखि वकिलसम्म : ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

सेटिङमा नेता, न्यायाधीशदेखि  वकिलसम्म : ९२  रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

 ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेक..

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गरेको छ। साविककै निवास रहे..