×
अर्थ डेली प्रकाशित: २०७६-६-६ गते

अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक

काठमाडौं । पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २ स्वर्ण पदक जितेका छन । सेप्टेम्बर २१ -२४ सम्म भएको ६७ केजी ताैल समुह कुमेटी र एकल काता तर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

काता र कुमेटी दुबै विधा तर्फ उनले अमेरिका खेलाडीलाई हराए । कातामा अमेरिकका खेलाडी AUI AZAUlAY र कुमेटीमा Alxe nelson लाई हराएका हुन्  । प्रतियोगितामा अमेरिका सहित ४० देशले सहभागी जनाएका छन । हिक्मतले सन २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी ताैल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए |

सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी ताैल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।

फ्रान्सकाे चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएकाे केड्लु एफ अन्तर्राष्ट्रिय कराँते प्रतियाेगीतामा ५५ केजी देखि ६२ केजी ताैल समुह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी काता तर्फ स्वर्ग पदक दिलाएका घर्तीमगरले जर्मनकाे हम्बुर्ग शहरमा सम्पन्न भएकाे एल्बी कप अन्तर्राष्ट्रिय कराँते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन् | अनि कराँते अाेपन लिस्बाेन २०१८ मा कुमुटी ६१ केजी ताैल समुहमा कास्य पदक प्राप्त गरेर नेपालको गौरव बढाएका थिए ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

राष्ट्रिय क्रिकेट टोलीको घोषणा

राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुर क्रिके..

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। एनओसी अध्यक्ष पदका ल..

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिके..

नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित

नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित

काठमाडौं । कीर्गिस्तानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नाडेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल..