×
अर्थ डेली प्रकाशित: २०७६-६-७ गते

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबीच सम्झौता भएको छ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. श्री सुदिप श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरुले नेपाल क्यान्सर हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा छुट प्राप्त गर्न सक्ने बताइएको छ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

जोखिममा डिजिटल बैंकिङ

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चल..

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्..

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकले गर्यो  विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्च..

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट..