×
अर्थ डेली प्रकाशित: २०७६-६-८ गते

व्यवसायीको दादागिरी : सरकारले ग्यासको मुल्य घटायो, व्यवसायीले घटाएनन्

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ ।

खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानुनबमोजिम कडा कारबाही गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतको बताउनुभयो । चाडवर्पका बेला उपभोक्तालाई राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्नमा आएकाले निगमले अनुगमन गरिरहेको उहाँको भनाइ छ ।

निगमले असोज ३ गते राति १२ बजेबाट लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपियाँ घटाएको थियो । प्रतिसिलिन्डर १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको ग्यासलाई २५ रुपियाँ घटाएपछि अब १३ सय ५० मा झारिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुरूप भदौ १५ गते इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको थियो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी निगमले अन्तर्राष्ट्रिय हवाई उठानतर्फको इन्धनको मूल्य पनि घटाएको थियो ।

हाल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्यलाई पनि पेट्रोल र डिजेलको मूल्यजस्तै अन्तर्राष्ट्रिय मूल्यअनुसार घटबढ हुने गरी स्वचालित बनाई लागू गर्ने कार्य अघि बढाएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।आजको गोरखापत्र दैनिकमा समाचार छ। 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

दशैं अफरसहित सीटीसी मलमा मोबाइल मेला सुरु

दशैं अफरसहित सीटीसी मलमा मोबाइल मेला सुरु

काठमाडौं । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सीटीसी मोबाइल हब सुनधारामा म..

‘रित्तै’ उड्नु छ जापान : प्रयोगै प्रयोगमा नेपाल एयरलाइन्स खोक्रो

‘रित्तै’ उड्नु छ जापान : प्रयोगै प्रयोगमा नेपाल एयरलाइन्स खोक्रो

सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइ..

ईजी मोबाइलको दशैं तिहार आकर्षक अफर

ईजी मोबाइलको दशैं तिहार आकर्षक अफर

काठमाडौं । रु १ मा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दशैं, तिहार..

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनक..