×
अर्थ डेली प्रकाशित: २०७६-६-२७ गते

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो २२ जनाको सामूहिक हत्या

२०६४ चैत २७- दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अन्योलमा थिए। चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो। सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए। यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।

त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ। बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो।बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन्।

त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि उनीहरुको सोधखोज भएको थियो। धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन। त्रिलोकका परिवारको चिन्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात बम बिस्फोटको ठूलो आवाज सुनेको बताए। स्थानीयका अनुसार त्यो बिस्फोट निकै शक्तिशाली थियो। बिस्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण। घटनास्थल गाउँबाट दुई कोेष टाढा थियो। उनीहरु घटनास्थलनजिक पुगे। त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने ९जो पछि टीकापुर झडपमा मारिए० लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अपरिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए। उक्त गाउँमा रहेको इँटाभट्टामा बिस्फोटमा मारिएका र घाइतेलाई जलाइएको आशंका थियो।

श्रीनारायण र उनका छिमेकीलाई उक्त गाउँमा जान दिइएन तर बम बनाउने क्रममा भएको विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो। चुरोटको आगोले सल्किएर बनाउन लागेका बम बिस्फोट भएको आशंका छ। त्यतिबेला उनीहरु बम बनाउँदै चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका गढहरुमा कसरी पड्काउने भन्ने विषयमा छलफलमा पनि गर्दै थिए।
अचानक बिस्फोटपछि गौर अस्पतालबाट डाक्टरहरु झिकाएर घाइतेको उपचार पनि गरिएको थियो। त्रिलोक घाइतेमात्र भएका थिए। उनको मृत्यु भैसकेको थिएन भन्ने थियो। तर मरिसकेका र घाइते आठजनासहित २२ जनालाई घटना ढाकछोप गर्ने उद्देश्यले घिसारेर इँटाभट्टामा फालिएको थियो।आजको नागरिक दैनिकमा समाचार छ। 

घटनाको केही सातापछि, नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगेका थिए। उनीहरूले प्रहरी उपरीक्षक न्यौपानेसँग सोधपुछ गरेका थिए। स्थानीय प्रशासन र अदालतले सो हत्या सम्बन्धमा कुनै निवेदन लिनसमेत इन्कार गरेका थिए। यही कारणले रुक्साना खातुन र श्रीनारायण न्यायका लागि दोषीलाई कारबाही गरी पाऊँ भन्ने निवेदनसहित सर्वोच्च अदालत पुगेका थिए। अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसो हुँदाहुँदै पनि प्रहरीले उनीहरु फरार रहेको बताउँदै पक्राउ गरेको थिएन।

जबकी त्यतिबेला आलमको प्रहरीसँग नियमित उठबस थियो। आलम र उनका भाइ महताव आलमलाई हत्याको आरोप र घटनाका प्रमाण नस्ट गरेको अभियोग लागेको थियो। आलम खाजु भाइले घाइतेलाई उपचार गराउने बहानामा ट्याक्टरमा लोड गरी नातेदार मुस्ताक राजाको इट्टाभट्टामा जिउँदै जलाएका थिए। मुस्ताक तत्कालिन अवस्थामा विजय गच्छेदारको पार्टीमा प्रवेश गरे र अफतावलाई हराएर चुनाव जिते। गच्छेदार कांग्रेस प्रवेश गरेपछि राजा फेरि एमालेमा प्रवेश गरे र राज्यमन्त्री समेत भए। उनको पछि हृदयघातका कारण मृत्यु भयो।

केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका मुस्ताक राजाले रौतहटबाट प्रदेशसभा सदस्यको चुनावमा समेत उम्मेदवारी दिएका थिए।चुनावबाट मोहम्मद सविधानसभा सदस्यमा निर्वाचित भए। मन्त्रिमण्डलमा समेत उनी समावेश भए। स्थानीय प्रशासन उनीविरुद्धको कारबाहीलाई कल्पना गर्नसमेत तयार थिएन। त्यहीबीचमा सर्वोच्च अदालतमा न्यायका लागि निवेदन दिने रुक्साना रहस्यमय हिसाबले मारिइन्। नेपालमा कुनै कानुन नभएको र न्याय नपाइने भनेर निरास भैसकेका थिए पीडितहरु। उनीहरु राजाको शासनमा समेत यस्तो नभएको गुनासो गर्थे। त्यतिबेला कृष्ण सिटौला गृहमन्त्री थिए।
त्यो डरलाग्दो घटनाको पृष्ठभूमि हुँदाहुँदै पनि मोहम्मद पटकपटक ससद्मा निर्वाचित भए र मन्त्री पनि बने।

‘मेरा लागि यो प्रजातन्त्र होइन, यो मुद्दा मैले उठाए भारत निवार्सनमा जानुपर्छ’, सन २०१७ को ससद्को चुनावअघि श्रीनारायणले भनेका थिए, ‘हामीजस्ता शक्तिविहीनका लागि न्याय पाउने स्थिति छैन।’ तर, आइतबार घटनामा संलग्न मोहम्मद आफताव आलम रौतहटमा पक्राउ परेसँगै पीडितमा न्याय पाउने आशा पलाएको छ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन..

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन स..

आफ्नो सम्पति राज्यलाई दिने ओलीको सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

आफ्नो सम्पति राज्यलाई दिने ओलीको  सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

नेकपाका नेता निर्मल भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने  केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार ग..

कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री

कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना..