×
अर्थ डेली प्रकाशित: २०७६-६-२७ गते

९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई

समझदारीपत्रमा हस्ताक्षरपछि ऊर्जामन्त्री वर्षमान पुन ९बीच०, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी ९बायाँ०। ऊर्जासचिव दिनेशकुमार घिमिरे र नेपाली तथा चिनियाँ लगानीकर्ता ।चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकै सन्दर्भमा ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ । पाँचथरमा पर्ने ७६२ मेगावाट क्षमताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी गरी दुई जलाशययुक्त आयोजना निर्माण गर्न आईतबार सम्झौता भएको हो । सी को नेपाल भ्रमणको सन्दर्भ पारेर सम्झौता गरिए पनि उनी भने उपस्थित थिएनन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका उपाध्यक्ष पान देङ युले हस्ताक्षर गरेका छन् ।

कुल १ खर्ब ६४ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० को २६ प्रतिशत सेयर हुनेछ । त्यसैगरी चिनियाँ कम्पनी पावर चाइनाको ७४ प्रतिशत हिस्सा हुनेछ । समझदारीअनुसार दुवै आयोजना सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलमा निर्माण गर्नेछन् । कुल लागतमध्ये तमोरमा करिब १ खर्ब २५ अर्ब रुपैयाँ लाग्नेछ भने माडीका लागि ३९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

‘दुवै आयोजनामा सकेसम्म बढी लगानी गर्न पावर चाइनाले हामीलाई भनेको छ,’ एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘कम्तीमा २६ प्रतिशत हामी लगानी गर्छौँ, बढीमा कतिसम्म गर्न सकिन्छ भन्ने टुंगो लगाउन बाँकी छ ।’ ०७५ को चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा समेत सो आयोजनालाई लगानीयोग्य परियोजनाको सूचीमा राखिएको थियो । 

लगानी बोर्डले गरेको उक्त आह्वानअनुसार आयोजनामा लगानी प्रस्ताव गर्ने कम्पनीमध्येबाट सर्टलिस्ट गरी कम्पनी छनोट गरिएको थियो । सर्टलिस्टमा रहेका कम्पनीमध्येबाट ऊर्जा मन्त्री वर्षमान पुनका संयोजकत्वमा रहेको मूल्यांकन समितिले २४ असोजमा एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रम ९जोइन्ट भेन्चर०लाई उपयुक्त कम्पनी छनोट गरेको हो । 

यो समझदारी पनि यी दुवै कम्पनीले फेरि लगानी बोर्डसँग आयोजना विकास सम्झौता गर्नुपर्ने हुन्छ । ‘लगानी बोर्ड अब जलाशययुक्त आयोजना निर्माणमा अघि बढेको छ,’ पोखरेलले भने, ‘पावर चाइनाले संयुक्त रूपमा जलविद्युत्मा लगानी गर्ने इच्छा देखाएपछि हामीसँगै अघि बढेका हौँ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

चक्रपथ विस्तारका लागि चार सय रुख काटिए

चक्रपथ विस्तारका लागि चार सय रुख काटिए

काठमाडौं । उपत्यकाको चक्रपथ विस्तारको क्रममा चार सय रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सडक क्लियरिन्स गर्न रुख..

महाकालीमा महाघात : सिंगो सीमानदी भारतीय नहरमा

महाकालीमा महाघात : सिंगो सीमानदी भारतीय नहरमा

महाकाली साझा हो, पानी आधा–आधा हो । तर, नेपालले ‘केही पानी पाउने’ भनेर अपमानपूर्वक शारदा सम्झौतामा..

चाबहिल–साँखु सडक : तीन महिना पनि टिकेन कालोपत्रे

चाबहिल–साँखु सडक : तीन महिना पनि टिकेन कालोपत्रे

बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी..

सातवटा सुरुङमार्ग बनाउँदै सरकार : यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाउने तयारी

सातवटा सुरुङमार्ग बनाउँदै सरकार : यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाउने तयारी

सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्त..