×
बीबीसी प्रकाशित: २०७६-६-२८ गते

सी जिनपिङले कसलाई दिए हड्डी धुलो पारिदिने धम्की ?

 चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् ।नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए ।चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबार यसको चर्चा चलिहरेको छ ।

सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए ।नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’

चीनका राष्ट्रपतिको यस चेतावनीलाई कयैन सन्दर्भमा हेरिदैछ । नेपालमा सीको भ्रमणअघि तिब्बती स्वतन्त्रताको पक्षमा केही तिब्बती अभियानकर्मीले प्रदर्शन गर्ने प्रयास गरेका थिए ।तिब्बती अभियानकर्मीहरुमाथि नेपाल सरकारले पहिले नै कारबाही अभियान चलाएको थियो । सी जिनपिङको यो बयानलाई यो सन्दर्भमा पनि जोडेर हेरिएको छ ।

त्यस्तै हङकङमा पछिल्लो चार महिनादेखि जारी विरोध प्रदर्शनसँग जिनपिङको बयानलाई जोडेर हेर्ने पनि थुप्रै छन् ।आइतबार नै हङकङमा कयैन स्थानमा (याली निक्लियो । यस दौरान प्रहरी र प्रदर्शनकारीको झडप भयो । प्रदर्शनका क्रममा यातायात स्टेशन र चीन समर्थित पसलहरुमाथि आक्रमण भयो ।

प्रदर्शनकारीको कारण हङकङ मेट्रोका २७ स्टेसन बन्द रहे । प्रहरीको भनाइमा प्रदर्शनकारीहरुलाई तितर बितर बनाउनको लागि हल्का बल प्रयोग गरिएको थियो ।त्यसक्रममा सप्तान्तको समयमा सामान खरिद गर्न निस्किएकामाथि आक्रमण भएको थियो र केही घाइते भएका थिए ।

यस सन्दर्भमा सीको चेतावनीबारे सी यिहोङ नामका एक प्राज्ञले साउथ चाइना मर्निङ पोस्टसँग बोल्दै भने, ‘हङकङको अवस्था निक्कै गम्भीर छ । सीको चेतावनी अमेरिका र ति सबैको लागि हो जो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहाँ जारी अतिवादीको हिंसाको पक्षमा उभिएका छन् ।’राष्ट्रपति जिनपिङले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका छन् ।

हालै अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर टेड क्रूजले हङकङमा पुगेर प्रदर्शनकारीप्रति चीनको व्यवहारको आलोचना गरेका थिए । उनले चीनको व्यवहारलाई क्षेत्रीय शान्तिको लागि खतरा बताएका थिए ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित भएका छन् । गोटाभाया श्रीलंकाका पूर्व राष्ट्रपति एव..

इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

काठमाडौं । इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन्। सबै धर्मका..

इन्डोनेसियामा बस दुर्घटना : सातको मृत्यु, १६ घाइते

इन्डोनेसियामा बस दुर्घटना : सातको मृत्यु, १६ घाइते

इन्डोनेसिया । इन्डोनेसियामा यात्रुवाहक बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । १६ जना यात्रु घाइते छन् । बिहीबार..

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १..