×
अर्थ डेली प्रकाशित: २०७६-७-२३ गते

‘सामाजिक सुरक्षा कोषमा योगदान दिनेलाई एक करोडसम्म ऋण’

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी दिएका छन। शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढीमा १ करोड र शैक्षिक कर्जा बापत बढीमा ३५ लाख लोन प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको पनि बताएका छन।

मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् लोन प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारेका छन।

त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्विकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताएका छन। कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिएका थिए।

अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

काठमाडौं । गभर्नर चिरञ्जीवि नेपालले नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जान..

४ महिनामा पुँजिगत खर्च ६ प्रतिशत मात्र

४ महिनामा पुँजिगत खर्च ६ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन-कात्तिक)मा पुँजिगत खर्च गर्न सरकार फेरि पनि कमजोर देखिएको छ । चार..

निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्रीको प्रस्ताव

निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्रीको प्रस्ताव

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया स..

देशलाई अफ्ठ्यारोमा पारेर म लोकप्रिय बन्न सक्दीन : अर्थमन्त्री डा. खतिवडा

देशलाई अफ्ठ्यारोमा पारेर म लोकप्रिय बन्न सक्दीन : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने का..