×
अर्थ डेली प्रकाशित: २०७६-७-२३ गते

१३औं सागको क्रिकेटमा भारत र पाकिस्तानले नखेल्ने

काठमाडौं । अर्को महिना हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् ।

अब नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् ।

राखेपकाअनुसार सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ ।

सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिन, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, हृयान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्वीमिङ, स्वास, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, रेश्लिङ, उसु, बक्सिङ र प्याराग्लाइडिङ समावेश छन् ।

कुन देशको कति खेलमा सहभागिता हेर्नुहोस्

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

sEvenbites

November 13th, 2019 - 2:07PM

I've been browsing online more than 4 hours today, yet I never found any interesting article like yours. It's pretty worth enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the web will be a lot more useful than ever before. http://Www.Se7enbites.com/

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

 काठमाडौं । नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छ..

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै छन्।त्य..

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइ..

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्द..