images
images

बुधवार , २०७६ फाल्गुण  १४ ( Wednesday , 2020 Feb 26 )

म्युजिक नेपालद्वारा चार स्रष्टालाई सम्मान

अर्थ डेली

प्रकाशित: २०७६-७-३० गते

काठमाडौं । म्यूजिक नेपालले ३६ औं वार्षीक उत्सवको अवसरमा चार स्रष्टालाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा र किरण खरेलका साथै वरिष्ठ संगीतकार दीपक जंगम र सम्भुजित बाँस्कोटा सम्मानित भएका हुन् ।

सांगितिक क्षेत्रमा दशकौंदेखि योगदान पुर्याउँदै आएका  स्रष्टालाई जनही ५० हजार रुपैयाँसहित म्यूजिक नेपाल २०७६ सम्मान प्रदान गरिएको हो । 

कार्यक्रममा गीतकार एस्पी कोइराला र संगीतकार आलोकश्रीको गीति एल्बम समय लोकार्पण गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855