images
images

बिहिवार , २०७६ मंसिर  २६ ( Thursday , 2019 Dec 12 )

images
images

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

अर्थ डेली

प्रकाशित: २०७६-८-२ गते

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । 

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् । 

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । 

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । 

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । 

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । 

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । 

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855