images
images

सोमवार , २०७६ माघ  १३ ( Monday , 2020 Jan 27 )

मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा

अर्थ डेली

प्रकाशित: २०७६-८-२ गते

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिनका क्रममा आवश्यक कागजात दिन अस्वीकार गरी असहयोग गरेको भन्दै विभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको छ । एमबीबीएस र बीडीएसको पढाइका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेजमाथि मुद्दा चलाउने अन्तिम तयारी थालेको छ ।

विभागले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजबाट महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको हो । कागजात माग्दा अटेर गरेपछि छापा मारेको विभागले जनाएको छ । ती कलेजको प्रशासन कक्षमा पनि सिलबन्दी गरिएको विभागले जनाएको छ । ती कलेजहरूले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको थियो । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र प्रहरी प्रमुखलाई जानकारी दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३÷३ सदस्य टोली कलेजमा पठाएको थियो ।

विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीसँग पनि आवश्यक कागजात मागिएको विभागका निर्देशक सुशील आचार्यले बताए । उनले भने, ‘हामीले मेडिकल कलेजमा टोली खटाएर महŒवपूर्ण कागजात नियन्त्रणमा लिएका छौं । यस सम्बन्धमा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढेको छ ।’ यसैगरी, विभागले अन्य नौ मेडिकल कलेजमाथि समेत विस्तृत छानबिन थालिएको बताएको छ ।
विभागद्वारा थप छानबिन थालिएका कलेजमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, विराट मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडांै मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स छन् ।आजको राजधानी दैनिकमा समाचार छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855