images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

नुवाकोटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन हामीले गरेको हो ( भिडियो अन्तर्वार्ता )

अर्थ डेली

प्रकाशित: २०७६-८-६ गते

नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले सरकारले सिमा विवाद कुटनीतिक पहलबाट समाधान खोज्नुपर्ने बताएका छन् । उनले सरकारले नेपाली भुमि फिर्ताको लागि तद्काल पहल गर्नुपर्ने बताए । उनले सरकार अहिले कम्युनिष्ट शाषन लगाउन लागिरहेको आरोप समेत लगाए ।सरकारको  एकदलीय अधिनायकवादी सोचले अहिले देश राजनीतिक संकटमा फसेको उनको भनाइ थियो । त्यस्तै नेता केसीले नुवाकोटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन आफुहरुले गरेको र सरकारले बजेट समेत दिइसकेकाले त्यहि अनुरुप काम गरे सुरुङमार्ग बन्न सक्ने बताए ।


पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको दाबी गरे । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा सबै एकजुट भएर लागे मात्र  पार्टी बलियो हुने बताए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकाले सीमा विवाद कुटनीतिक पहलबाट समाधान खोज्नुपर्ने बताए ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछी नेपालमा अहिले  विरोधको साथै सरकारको समेत कुटनीतिक पहल नगरेको भन्दै व्यापक आलोचना भैरहेको छ  ।संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिईसकेको छ ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855