images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

इलियानालाई आफ्नो शरीरको बनावट बारे यति धेरै प्रफुलित !

अर्थ डेली

प्रकाशित: २०७६-८-१७ गते


नायिका इलियाना डीक्रुज सामाजिक संजालमा आफ्नो फोटो राख्न अगाडि छिन् । तर, उनलाई आफ्नो हट तस्वीर सार्वजनिक गर्न पहिले समस्या लाग्थ्यो । इलियाना भन्छिन्–‘मलाई मेरो शरीरलाई यो तरिकाले स्विकार गर्न पहिले खुबै समस्या थियो । तर, म दावाका साथ भन्न सक्छु कि अब म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु र सम्मान पनि गर्छु ।’

इलियानाले आजको दिनमा आफ्नो शरीरको ध्यान निकै नै गर्न थालेको र यसले आफूलाई खुशी बनाएको पनि उल्लेख गरेकी छिन् । इलियानाले आफ्ना फ्यानसँग आफ्नो फिटनेशको मन्त्र समेत शेयर गरेकी छिन् । उनी भन्छिन्–‘म कुनै समय महिनौ दिनसम्म पागल शैलीमा शरीरका लागि व्यायम गर्थेँ । तर, पछि मैले महशुश गरेँ कि, शरीर बनाउनका लागि ९० प्रतिशत त खानेकुरामा नै ध्यान दिन आवश्यक छ ।’

इलियानाले आफ्ना फ्यानलाई खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । सामाजिक संजालमा हट तस्वीर शेयर गरेको बिषयमा इलियाना भन्छिन्–‘हरेक समय फिट देखिनु आफैमा सजिलो कुरा होइन । हरेक मानिसमा तपाइको लुक्सको बिषयमा एउटा न एउटा अनुमान हुन्छ । कोही मानिस स्क्रिनमा देखिन्छ भने उसले आफूलाई ग्ल्यामर तरिकाले प्रस्तुत गर्न आवश्यक छ ।’इलियानाले आफू सधै फिट देखिन संभव नभएको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855