images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

प्रचण्डलाई महासचिव बनाएको भए एकदम ठिक हुन्थ्यो ?

अर्थ डेली

प्रकाशित: २०७६-९-१५ गते

नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविश्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताएका छन् । उनले भने - देशको विकास र समृद्धिको लागि युवाको सकृय सहभागिता विना संभव नभएको बताए ।नेता भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार गर्नै नसक्ने बताएका छन् ।

उनले सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्त्वपूर्ण काम गरिरहेको समेत बताए । नेता भट्टराईले केपी ओली अध्यक्ष र प्रचण्ड दोश्रो बरियतामा महासचिव भएको भए एकदम राम्रो हुने र पार्टी निर्माण प्रक्रिया पनि सहज हुने समेत बताएका छन् । नेता भट्टराईले नेकपा मदन भण्डारीकै बिचारमा चलिरहेको समेत बताए । देशलाई समाजवादमा नेकपाले पुर्याउन सक्ने उनको धारणा रहेको थियो ।

 नेकपाको सरकारले शिक्षा, पर्यटन, कृषि,स्वास्थ्य लगायतका क्षेत्रमा आमूल परिवर्तन गरिरहेको उनले बताए । कम्युनिष्टहरु आफ्नो वर्गको हितमा अविचलित भएर लाग्नु पर्ने र   नेकपाको सरकार गरिब र पिछडिएको वर्गको वृहत्तर हितमा काम गर्नु पर्ने उनको भनाई थियो ।भट्टराईले पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने वर्तमान के पी  ओलीको सरकारले चाडै देशको आर्थिक र सामाजिक क्षेत्रमा कायापलट  गर्ने बताए ।

हेर्नुहोस् भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855