images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

नेकपालाई हेरिसके,अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : नेता महत ( भिडियो हेर्नुहोस् )

अर्थ डेली

प्रकाशित: २०७६-९-२४ गते

नेपाली काँग्रेस नुवाकोटका नेता रमेश कुमार महतले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् । साथै उनले अबको महादिबेशनबाट नयाँ नेतृत्व आउने समेत बताए । नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको र हिजो निर्वाचनमा जाँदा जे बचनबद्धता जनतामा गरेका थिए त्यो अनुसार नेकपाले  काम नगरेको उनको भनाइ । उनले अघि भने-सरकारले समयमै शुसासनको प्रत्याभूती, हावादारीभन्दा यथार्थ परक विकास निर्माण, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ ।

अहिले नेपाली काँग्रेसले सरकार गठन भएको २  बर्ष मात्र भएकाले बिरोध भन्दा गतिविधि नियालिरहेको बताए । नेकपाको सरकारले राम्रो काम गरे समर्थन गर्ने देशघाती र जनघाती काम गरे खबरदारी गर्ने बताए । उनले भने-२०४६ सालपछि पटक पटक काँग्रेस विपक्षमा बस्दै आएको छ । काँग्रेस सरकारमा रहँदा जनताको पक्षमा काम गर्छ र विपक्षमा हुँदा जनताको पक्षमा नै बोल्छ । यसअघि कम्युनिष्टहरुले धेरै पटक सरकार बनाएका छन् । उनीहरुले गलत काम गर्दा काँग्रेसले औंलो ठड्याएको छ ।

पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको छ तर हामी अरु पार्टीजस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरेजस्तो देखिएको हो । देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको छ । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।काङ्ग्रेस भित्रको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको हो र अब नेताहरुले पार्टीभित्रको गुट उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको छ,उनले भने ।

पार्टीभित्रको गुट उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए । अहिले देश नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले संघीयता कार्यान्वयन गर्न जटिल जस्तो देखिएको छ । यो प्रकृयामा धेरै खर्च बढेको छ तर सङ्घीयता राम्रो भएपनि यो जनप्रतिनिधिहरुको कारण असफल बन्दै गएको बताए । प्रशासनिक खर्च कसरी कम गर्ने र देश विकासमा कसरी निरन्तरता दिने भन्ने सोच काँग्रेसमा पनि आउनु जरुरी छ । नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ उनले भने । अब सरकारले उद्योगमा लगानी बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855