images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

सधैं खुशी हुने बुद्ध दर्शनको ८ मार्ग

अर्थ डेली

प्रकाशित: २०७६-१०-१ गते

मानिसहरु प्राय आफ्नो कर्म भनौ वा व्यवहारका कारण दुखि देखिने गर्दछ । हामीले बुज्नुपर्ने कुरा के छ भने, सुखको लागि न त पूर्ण ज्ञान आवश्यक छ न त अधिक आर्थिक हैसियत ? यहि बुझाउन  सुरु भएको थियो बौद्ध दर्शन । यसले मध्यमस्तरका धेरै जसोको मन जित्न समेत सफल भएको थियो ।

हाम्रो शास्त्रीय दर्शनमा ज्ञानको लागि तत्व ज्ञान पाउन ठुलो संघर्ष वा  साधना गर्नुपर्ने अवस्था थियो भने कर्मकाण्डबाट मुक्तिको बाटोमा पुग्नको लागि पनि अधिक  आर्थिक हैसियत आवश्यक थियो । भनिन्छ-जतिबेला कर्मवाद र आत्मवादको लामो विकास उत्कर्षमा पुगिरहेको थियो, त्यतिबेला मध्यमस्तर र निम्नस्तरका मानिसहरुलाई मुक्तिको लागि कुनै बाटो थिएन । र  जन्मियो भौतिकवाद तर्फ उन्मुख बौद्ध दर्शन ।

बुद्धले भने झैँ आफ्नो मनलाई नियन्त्रणमा राख्न सके मुक्ति पाइन्छ कुनै यज्ञ गर्नु नै पर्दैन  । बुद्दले मानिसका ४ आर्य सत्यहरुलाई प्रस्तुत गरेका  छन् । जसमा मानिसको जीवनमा दुःख छ , संसारमा नौ प्रकारका दुःखहरु छन् । जसमा  जन्म हुनुपर्ने दुख, बुढाबुढी हुनुपर्ने दुःख, रोगी हुनुपर्ने दुःख, मर्नुपर्ने दुःख, मननपर्नेहरुसँगको संयोग, मनपर्नेहरुसँगको वियोग, इच्छित बस्तु प्राप्त नहुनु, मृत्यु हुनु पर्दछन् ।

 

बौद्ध दर्शनमा एउटा दृष्टान्त यस्तो छ

कुनै  एक समय एक जना  व्यक्ति नदीमा डुंगा चलाउदै थिए । नदी किनारमा उभिएको अर्को  व्यक्तिले उसलाई चेतावनी दिँदै भन्यो, “अति खुशी भई यसरी नदीको प्रवाहमा डुंगा नचलाउ, अगाडि नदीको बेग तीव्र छ र डरलाग्दो भुमरी पनि छ । त्यति मात्र होइन पत्थरका गुफाहरूमा गोही तथा राक्षसहरू समेत पर्खेर  बसेका छन् । तिमीले यसरी डुंगा खियाईराख्यौ भने तिम्रो अबस्य अन्त्य हुनेछ ।”

यस दृष्टान्तमा “नदीको प्रवाह” -कामवासनाको जीवन  । “प्रफुल्ल भई डुंगा खियाउनु” -आफ्नो रागलाई वशमा पार्नु  । “अगाडि नदीको प्रवाह तीव्र” -आउने दुःख र वेदना , “भुमरी” -भोग विलास , “गोही र राक्षस” -लालसा र आशक्तिको जीवनले ल्याउने क्षय र मृत्यु  । “नदीको किनारामा उभिएको व्यक्ति” जसले बोलायो, ऊ बुद्ध हो । यही दृष्टान्तले पनि हामी जीवनमा किन दुःखी छौं भन्ने यकिन हुन्छ ।

 

दुःखका कारण

दुःखको मूल कारण नै क्षणिक पदार्थहरु माथिको तृष्णा हो । सुख भोगको चाहाना,फेरि फेरि जन्म लिने चाहाना र  कर्मफलमा विश्वास नलिने इच्छा । दुखका मूल कारणहरु यी नै  हुन् ।

दुखबाट मुक्ति

यो दुःखबाट मुक्त हुन सक्नु  नै दुःखको निवारण हो । तृष्णा नाश भए मात्र  दुःखको नाश हुन्छ । मनबाट अहं भाव र राग, द्वेष र मोह निरोध भएमा वास्तविक सुख निर्वाण हुन्छ  ।

 

भगवान बुद्धको ८ मार्ग

दृष्टि – सहि धारणा  (सही रुपमा हेर्नु)

कर्मान्त – सहि काम (हिंसारहित काम गर्नु)

आजीविका –सहि जीवन (कसैलाई नठगी आफ्नो मेहनतमा जीविका चलाउनु )

संकल्प – उचित  सकल्प (चित्त वृत्तिलाइ निर्वाण पदमा लगाउन)

समाधि –सहि एकाग्रता (चित्त स्थिर गर्नु)

वचन – उचित वचन (हितकारी वचन बोल्ने)

स्मृति –उचित जागरण (सबैलाई ठीकसँग जान्नु )

व्यायाम – कडा मेहनत, परिश्रम (आलस्यलाई त्याग्नु )

 

प्रकृतिको पवित्रतालाई ढाक्ने एवं त्यसलाई अपवित्र पार्ने बुद्दको बिचारमा दुई प्रकारका सांसारिक राग छन् । ति हुन् विश्लेषण र छलफल । यसैको कारण मानिसहरूको विवेक भ्रममा पदर्छ । जसको कारणले मानिसहरू मान्यताहरूप्रति भ्रममा पर्दछन् । तर्कको मोह तथा व्यवहारको मोह दुबैलाई सबै मानवी क्लेशको वर्गीकरण भन्न सकिन्छ ।

तर, वास्तवमा तिनको आधार, दुई मौलिक सांसारिक कष्टकर अवस्था हुन् । त्यो हो अज्ञान र तृष्णा । तर्कका मोह अज्ञानमा र व्यवहारका मोह तृष्णामा आधारित छन् । त्यसैले यी दुवै कुरा वास्तवमा एकै हुन् र संयुक्त रूपमा यिनीहरू दुःखका मुहान हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855