images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

हिन्दु धर्ममा २१ नरक : के गल्तीमा कस्तो सजाय ?

अर्थ डेली

प्रकाशित: २०७६-१०-२ गते

हामी सबैले सुनेका छौ धेरै गल्ति गरे बाच्दा मात्र होइन मरेपछि पनि शान्ती मिल्दैन । यहि कुरा हिन्दु धर्ममा नराम्रो कामको फल यो जन्ममा मात्रै होईन,मृत्युपछि पनि भोग्नुपर्छ भन्ने मान्यता रहेको छ । यहि मान्यताको आधारमा स्वर्ग र नर्कलाई समेत विभिन्न चरणहरुमा वर्गीकरण गरिएको पाइन्छ । विभिन्न धर्मशास्त्रहरुले हाम्रो असल र खराब कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने भन्ने निधो गर्ने बताउछ ।

राम्रो काम गर्नेहरु स्वर्गमा जाने र पर्याप्त सुख सुविधाको भोग गर्ने र नराम्रो काम गर्नेहरु नर्क जाने र अधिक दुख पाउँने भन्ने धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार स्वर्ग र नर्कमा स्थायी रुपमा जाने होईन । सत्कर्म गर्नेहरु आफ्नो सत्कर्मको फल रहेसम्म स्वर्गमा भोगबिलास गरेर बस्छन् र नराम्रो काम गर्नेहरु नराम्रो कामको फल नर्कमा भोगेर फर्किने गर्छन् ।

हिन्दु धर्मशास्त्रका अनुसार विभिन्न किसिमका २१ नरक

१.कुम्भीपाक

यसमा जो क्रुर मानिस यो लोकमा आफ्नो पेटपाल्नकै लागि जीवित मानिस, पशु या पक्षीहरुलाई मारेर खान्छ । त्यो दयहीन मानिसलाई यमदूत कुम्भीपाक नरकमा लैजान्छन् । उम्लिँदै गरेको तातो तेलमा डुबाएर उनीहरुलाई यहाँ यातना दिइन्छ भन्ने धार्मिक मान्यता छ ।


२. तामिस्र

धार्मिक मान्यता अनुसार यो नर्क एकदमै अन्धकारमय, खानको लागि अन्न जलको समेत नभएको, बारम्बार सिपाहीहरुले दण्डित गर्ने र भयभित खालको हुन्छ । जस्ले अर्काको धन, सन्तान अथवा स्त्री हरण गर्छ त्यस्ता व्यक्तिहरु यो नर्कमा जाने विश्वास गरिएको छ । यो नरकमा जानेहरु पिडा सहन नसकेर बारम्बार मुर्छित भइरहन्छन् । फेरि सामान्य अवस्थामा आएपछि फेरि पिडा भोग्न थाल्छन् ।

३. तप्तमूर्ति

यो लोकमा जो पुरुष अगम्या स्त्रीको साथ सम्भोग गर्छ अथवा कुनै स्त्री अगम्य पुरुषदेखि व्यभिचार गर्छे भने उनीहरु मरेपछि त्यसलाई यमदूत तप्तूर्ति नामक नरकमा जान्छन् । पुरुष वा स्त्री दुबैलाई जलेर रातो भएको फलामको मानवरूपी मूर्तिसँग आलिंगन गर्न लगाईन्छ । उनीहरुलाई फलामको तताएको लठ्ठीले पिटिन्छ ।

४. अन्धतामिस्र

यो नरकमा अपराधीहरुलाई यति धेरै यातना दिइन्छ कि उनीहरु पनि कठोर यातनाको कारणले सुझबुझ हराएको मानिस जस्तै पागल बन्ने गर्छन् ।यो सजाय जसले अर्कालाई धोका दिएर उसकी पत्नीको भोग गर्छ त्यस्ता मनुष्य अन्धतामिस्र नामक नरकमा र्झछ भन्ने मान्यता छ । त्यो नरकमा पुगेपछि जरा काटेको रुखलाई जस्तै तड्पाउने गरिन्छ ।

५. रौरव

यो शरीर म हुँ र स्त्री धनादि सबै मेरो हो’ भन्ने भ्रम पालेर प्राणीहरुसँग स्नेह गर्ने एवं आफ्नो परिवारलाई मात्रै पालन पोषणमा लागिरहनेहरु यो नर्कमा पर्छ । जो मनुष्य यो लोकमा हुँदा सबैकुरा म र मेरोमा मात्रै सीमित गर्छ । त्यो मानिस यस्तो नरकमा जाने गर्दछ । यो नर्कमा गएपछि मत्र्य लोकमा हुँदा उसले अरुलाई जस्तो यातना दिएको थियो । त्यस्तै यातना भोग्ने गर्दछ ।

६. कालसूत्र

यो जन्ममा आफ्नो आमाबाबुलाई जस्ले दुख दिएको हुन्छ । त्यस्ता व्यक्तिहरु कालसूत्र नामक नरकमा जान्छन् । त्यो नरकको क्षेत्र दस हजार योजनको हुन्छ । जुन तामाबाट बनेको हुन्छ । माथिबाट सूर्य र तलबाट अग्नि प्रज्वलित भएकोले यो भूमि एकदमै तातो हुन्छ । त्यहाँ पुगेपछि भोक र प्यासले व्याकुल भएको मानिस बाहिर र भित्रैदेखि एकैपटक जल्न सुरु गर्छ । त्यहाँ पुगेका मानिस कहिले सुत्ने, कहिले उठ्ने, कहिले बस्ने, कहिले छटपटाउने गर्नथाल्छ भन्ने धार्मिक मान्यता छ ।

७. महारौरव

जो आफ्नो स्वार्थको लागि अरुको हत्या हिंसा गर्ने गर्दछ । उनीहरुलाई यो नरकमा लैजाने गरिन्छ ।

८. सूकरमुख

जसले निरअपराधी मानिसलाई दण्ड दिन्छ त्यो व्यक्ति मरेर सूकरमुख नामक नकरमा र्झछ । त्यहाँ महाबली यमदूतले उखु निचोरेर रस निकाले जस्तै गरी सजाय दिन्छन् । यो लोकमा उसले जसरी सजाय दिएको हुन्छ उसले त्यो लोकमा त्यसरी नै सजाय पाउछ ।

९. असिपत्रवन

कुनै प्रकारको आपत्ति नआउँदा पनि आफ्नो वैदिकमार्गलाई छोडेर अन्य पाखण्डपूर्ण कार्यको आश्रय जुन मान्छेले लिन्छ त्यसलाई यमदूतहरुले यो नरकमा त्यसलाई लैजान्छन् । त्यहाँ पुर्‍याएपछि अत्यन्त वेदनाले चिच्याएर ऊ मरितुल्य भएर लड्ने गर्दछ ।

१०. अन्धकूप

यो लोकमा जो मानिस असहाय र अहिंस्रक जीवहरुको हिंसा गर्छ । त्यो व्यक्ति यो नरकमा जान्छ । यहाँ त्यो व्यक्तिले पशु, मृग, पक्षी, सर्प आदि विषधारी जन्तुको आक्रमणलाई सहेर बस्नुपर्छ ।


यस्तै कृमिभोजन, लालाभक्ष, सारमयोदान, वज्रकण्टक शाल्मली, वैतरणी, अयपान,पूयोद, सन्देश, प्राणरोध, विशसन र अवीचि गरी २१ नरकमा विभिन्न अपराध गर्ने अपराधीहरुलाई लगिन्छ । यसका अतिरिक्त , पर्यावर्तन, सूचीमुख, क्षारकर्दम, रक्षोगणभोजन, दन्दशूक, अवटनिरोध, शूलप्रोत गरी अन्य सात प्रकारका नर्कहरु रहेको धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855