images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

परमाणु युद्ध भए के हुन्छ ? आणविक हतियार भएका १० देश, को कति शक्तिशाली ?

गोकर्ण बराल

प्रकाशित: २०७६-१०-१३ गते

अहिले विश्वमा बहसको बिषय बनेको छ अबको युद्ध कस्तो हुन्छ ? ७५ बर्ष अघि अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेको घटनाले अहिले पनि संसार त्रशित हुने गर्दछ । अबको परमाणु बम त्यो भन्दा कयौ गुणा शक्तिशाली होला त्यो कल्पना नै गर्न सकिदैन । जब अमेरिकाले हिरोसिमामा परमाणु बम प्रहार गर्यो करिव ३३०००० जनसंख्या भएको हिरोसिमा छिनभरमा नै तहसनहस भयो । करिव २०००० सेना र ७००००- १२६००० सर्वसाधारण मारिए ।

त्यस्तै दोश्रो हमला कोकड़ामा बाक्लो बादलका कारण आक्रमण गर्न नसकेपछि नागासाकीमा आक्रमण गरिएको थियो जुन बम ५०० मिटर माथि नै समय सेटका कारण पड्किएको थियो । जसमा २५०००० जनसंख्या भएको नागासाकीमा करिव १५० सेना र ३९०००- ८०००० सर्वसाधारण मारिए । दुवै घटनामा परि करिव १२९०००-२२६००० हाराहारीमा मानिस मारिए ।

यो त भयो धेरै बर्ष पहिले भएको युद्ध ? अबको संसार ऊ बेलाको जस्तो रहेन,अहिले बिकासको क्रमसंगै प्रबिधि,आर्थिक,सामाजिक र सामरिक शक्ति समेत धेरै बलियो भएका छन् । अब तेस्रो विश्व युद्ध भयो भने  के हुन्छ ? के अबको युद्धमा पनि परमाणु बमको प्रयोग हुन्छ ? हो प्रत्येकको मनमा यहि प्रश्न उठ्दछ ।

परमाणु बम प्रयोग भए करिव एक तिहाई ( करिव ३ अर्व ) मानिस मर्ने छन् भने कयौ संरचना ध्वस्त हुनेछन । अहिले बिश्व युद्ध भएमा  संसारमा कयौ अत्याधुनिक हातहतियार र  आणविक हतियार प्रयोग हुनेछन । जसरी पहिले युद्धमा गएका राष्ट्रले आफ्नो सबै ताकत लगाएका थिए, अहिले पनि त्यहि नै गर्ने निश्चित नै छ । तर अल्बर्ट आइनस्टाइनले भने जस्तै तेस्रो विश्वयुद्धमा त भन्न सकिन्न चौथो विश्वयुद्धपछी भने अवश्य ढुंगे युग आउँनेछ ।

अब के तेस्रो विश्वयुद्ध भयो भने  शक्ति देशहरु एक अर्काका पक्ष विपक्षमा आमने-सामने हुनेमा कुनै शंका छैन् ।आणविक हतियारका यी सपुर पावरहरु बीच युद्ध भयो भने  आणविक हतियार प्रयोग नहोला भन्न सकिन्न । तर यदि युद्धमा आणविक हतियार प्रयोग भयो भने के होला ? हतियार र  सशस्त्र बलको आँकडा हेर्दा अमेरिका पहिलो, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा रहेका  छन् ।

चीन अमेरिका र रुसभन्दा पछि भएपनि ऊ जुनसुकै बेला दोस्रो स्थानमा र पहिलो स्थानमा  आउन सक्छ । सैन्यशक्तिका आधारमा १३७  देशको सूची रहेको छ । सैन्य हतियारमा पारम्परिक उपकरणहरूलाई मात्र संलग्न गरिएको छ तर  यसमा आणविक हतियार संलग्न गरिएको छैन ।

 

आणविक हतियार (परमाणु बम) सहित को कति शक्तिशाली

१.रुस

आणविक हतियार– ६९१२

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.०६३९

जनसंख्या- १४२१२२७७६

सेना – ३५८६१२८ अनुमान

जम्मा एयरक्राफ्ट – ४०७८ ( २ नम्बर १३७ मा )

फाइटर बिमान – ८६९ ( ३ न. )

कम्बाट टेंक – २१९३२ ( १ न. )

रक्षा बजेट - $ ४४ बिलियन

russia.jpg

२. अमेरिका

आणविक हतियार– ६१७२

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy) 

पावर इन्डेक्स – ०.०६१५ ( नेटो सदस्य )

जनसंख्या- ३२९२५६४६५

सेना – २१४१९०० अनुमान

जम्मा एयरक्राफ्ट – १३३९८  ( १ नम्बर १३७ मा )

फाइटर बिमान – २३६२  ( १ न. )

कम्बाट टेंक – ६२८७  ( ३ न. )

रक्षा बजेट - $ ७१६  बिलियन

usa.JPG

३. फ्रान्स

आणविक हतियार– ३००

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.१५८४ ( नेटो सदस्य )

जनसंख्या- ६७३६४३५७

सेना – ३८८६३५ अनुमान

जम्मा एयरक्राफ्ट – १२४८ ( ८ नम्बर १३७ मा )

फाइटर बिमान – २७३  ( १० न. )

कम्बाट टेंक – ४०६ ( ४४ न. )

रक्षा बजेट - $ ४०.५ बिलियन

france.jpg

४. चीन

आणविक हतियार– २८५

प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)

पावर इन्डेक्स – ०.०६७३

जनसंख्या- १३८४६८८९८६

सेना – २६९३००० अनुमान

जम्मा एयरक्राफ्ट – ३१६७ ( ३ नम्बर १३७ मा )

फाइटर बिमान – १२२२ ( २ न. )

कम्बाट टेंक – १३०५० ( २ न. )

रक्षा बजेट - $ २२४  बिलियन

china.jpg

५. बेलायत

 आणविक हतियार– २१५

 प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

पावर इन्डेक्स – ०.१७९७ ( नेटो सदस्य )  

जनसंख्या- ६५१०५२४६  

सेना – २३३००० अनुमान

जम्मा एयरक्राफ्ट – ८११ ( १९  नम्बर १३७ मा )

फाइटर बिमान – १२९  ( १९ न. )

कम्बाट टेंक – ३३१  ( ४९ न. )

रक्षा बजेट - $ ४७.५  बिलियन

uk.jpg

६. पाकिस्तान

आणविक हतियार– १६०

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

पावर इन्डेक्स – ०.२७९८  

जनसंख्या- २०७८६२५१८

सेना – १२०४०००  अनुमान

जम्मा एयरक्राफ्ट – १३४२  ( ७  नम्बर १३७ मा )

फाइटर बिमान – ३४८  ( ७ न. )

कम्बाट टेंक – २२००  ( १३ न. )

रक्षा बजेट - $ ७ बिलियन

pakistan.jpg

७. भारत

आणविक हतियार– १४०

प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)

पावर इन्डेक्स – ०.१०६५

जनसंख्या- १२९६८३४०४२  

सेना – ३४६२५०० अनुमान

जम्मा एयरक्राफ्ट – २०८२  ( ४ नम्बर १३७ मा )

फाइटर बिमान – ५२०  ( ४ न. )

कम्बाट टेंक – ४१८४ ( ६ न. )

रक्षा बजेट - $ ५५.२ बिलियन

india.jpg

८. इजरायल

आणविक हतियार– ८५

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

पावर इन्डेक्स – ०.२९६४  

जनसंख्या- ८४२४९०४

सेना – ६१५०००  अनुमान

जम्मा एयरक्राफ्ट – ५९३ ( १८ नम्बर १३७ मा )

फाइटर बिमान – २५३ ( ११ न. )

कम्बाट टेंक – २७६०  ( ८ न. )

रक्षा बजेट - $ १९.६  बिलियन

isreal.jpg

९. उत्तर कोरिया

आणविक हतियार– ३०

प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)  

पावर इन्डेक्स – ०.३२७४  

जनसंख्या- २५३८१०८५

सेना – ११००००  अनुमान

जम्मा एयरक्राफ्ट – ९४९  ( ११  नम्बर १३७ मा )

फाइटर बिमान – ४५८  ( ५  न. )

कम्बाट टेंक – ६०७५  ( ४ न. )

रक्षा बजेट - $ ७.५  बिलियन

north korea.jpg

 

१०. इरान

आणविक हतियार– हालसम्म सार्वजनिक गरेको छैन (परिक्षण मात्र )

प्रयोग बिधि – सार्वजनिक गरिएको छैन

पावर इन्डेक्स – ०.२६०६

जनसंख्या- ८३०२४७४५  

सेना – ८७३००० अनुमान

जम्मा एयरक्राफ्ट – ५०९  ( २४ नम्बर १३७ मा )

फाइटर बिमान – १४२ ( १७ न. )

कम्बाट टेंक – १६३४  ( १८ न. )

रक्षा बजेट - $ ६.३ बिलियन

iran.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855