images
images

बुधवार , २०७६ फाल्गुण  १४ ( Wednesday , 2020 Feb 26 )

नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव : चिनियाँ लगानी र ठेक्काका २ दर्जन योजना प्रभावित

कोरोना भाइरसका कारण नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार फर्किएनन्, नयाँ कर्मचारी र उपकरण ल्याउन पनि समस्या, निजी लगानीको हुवासिन सिमेन्टदेखि विद्युत्, बन्दरगाह र अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कामसमेत रोकिए

अर्थ डेली

प्रकाशित: २०७६-१०-२० गते

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यसको ठूलो असर नेपाली अर्थतन्त्रमा देखिएको छ । चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माण गरिरहेका करिब दुई दर्जन योजनाको काम कोरोना भाइरसका कारण प्रभावित भएको छ । नयाँ वर्ष मनाउन घर चीन गएका चिनियाँ कामदार काममा नफर्किंदा पूर्वाधार आयोजनामा असर परेको हो । त्यस्तै, आयोजनाहरूले चीनबाट थप कामदार एवं उपकरण पनि ल्याउन पाएका छैनन् । चीनतर्फका दुवै नाका बन्द गरिएको छ ।

यो समस्याका कारण धादिङमा चिनियाँ लगानीमा निर्माण भइरहेको हुवासिन सिमेन्ट, भैरहवा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो त्रिशूली बीलगायत करिब आधा दर्जन विद्युत् आयोजनाको काम प्रभावित भएको छ । रसुवामा बनाइँदै गरिएको सुक्खा बन्दरगाह पनि प्रभावित बनेको छ ।

कोरोना भाइरसका कारण चिनियाँ सरकारले विभिन्न प्रान्तमा हवाई तथा सडक यातायातमा रोक लगाएको छ । यसकारण गत १७ माघ शुक्रबारदेखि कार्यस्थलमा फर्किनुपर्ने कामदार अझै नेपाल आएका छैनन् । यो समस्याका कारण करिब डेढ दर्जन विद्युत् आयोजनामा असर परिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।

विद्युत् प्राधिकरण र इपानसँग कति चिनियाँ आयोजना छाडेर गएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, दुई सयजना गएको हुन सक्ने अनुमान गरिएको छ । माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका ६५ चिनियाँ कामदार अझै फर्किएका छैनन् । त्यस्तै, मेलम्ची र माथिल्लो तामाकोसीका कामदार पनि चीनमै रोकिएका छन् । तनहुँ जलविद्युत् आयोजनामा थप कामदार आउनुपर्नेमा रोकिएका छन् । यसबाहेक सुपर न्यादी जलविद्युत् आयोजनामा पनि कामदार फर्किएका छैनन् । बिपिसी न्यादी, मस्र्याङ्दी, दोर्दीलगायतका जलविद्युत् आयोजनामा पनि चिनियाँ कामदारका कारण प्रभाव परेको छ । रसुवागढी, मध्यभोटेकोसी जलविद्युत् आयोजना पनि प्रभावित छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855