images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

सांसद, मेयरलगायत २०८ जनप्रतिनिधि ठेकेदार (नामावलीसहित)

अर्थ डेली

प्रकाशित: २०७६-१०-२६ गते

निर्वाचनमा सजिलै टिकट कसले पाउँछ रु जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो बगाउनुपर्ने बाध्यता छ । यसरी निर्वाचन महँगो हुँदा भ्रष्टाचार मौलाएको छ ।

निर्माण व्यवसायी महासंघ र जिल्लास्थित निर्माण व्यवसायी संघबाट नयाँ पत्रिकाले संकलन गरेको सूचीअनुसार वडासदस्यदेखि संघीय सांसदसम्म दुई सय आठ जनप्रतिनिधि ठेकेदार छन् । संघीय संसद्मा नै ६ सांसद ठेकेदार छन् । प्रदेशमा १८ सांसद ठेकेदार छन् । स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार छन् । यीमध्ये ३८ जना स्थानीय तहको प्रमुख नै छन् ।

डोल्पा–१ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा सांसद धनबहादुर बुढा पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि केपी ओली नेतृत्वकै सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । उनी हिमाली निर्माण सेवा निर्माण कम्पनीका सञ्चालक हुन् । त्यस्तै, प्रदीप कन्स्ट्रक्सनका सञ्चालक खड्कबहादुर खत्री पनि कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । नक्कली बैंक ग्यारेन्टी प्रकरणमा बैंकिङ कसुरको अभियोग लागेपछि गत साउनमा उनी पदमुक्त भएका हुन् ।

सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पेसा, व्यवसायमा रहँदा त्यहाँ स्वार्थको द्वन्द्व उत्पन्न हुने सैद्धान्तिक मान्यता छ । स्वार्थको द्वन्द्व भ्रष्टाचारको स्वरूप हो । तर, नेपालमा स्वार्थको द्वन्द्वलाई राजनीतिक प्रणालीले नै स्वीकार गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

 

https://drive.google.com/file/d/1p-i-yhRecR78xOTj6W925I-lL518dAQc/view

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855