images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

फेब्रुअरीभरि साल्ट ट्रेडिङले ‘आयोडिन मन्थ’ मनाउँने

अर्थ डेली

प्रकाशित: २०७६-१०-२९ गते

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सन् २०२० फेब्रुअरी महिनाभरि  ‘आयोडिन मन्थ’ मनाउने भएको छ । सरकारले विगत ५६ वर्षदेखि साल्ट ट्रेडिङलाई आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिएको छ । आयोडिन मन्थका रुपमा लिइएको यो फेब्रुअरी महिनामा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल व्याग, टी सर्ट, पम्पेलेट आदि जस्ता सामाग्री उत्पादन गरी गाऊ -गाऊमा, हाटबजारमा जनचेतना अभिवृद्धी गर्न प्रचार प्रसार र वितरण कार्यहरु गर्दै आइरहेको छ ।

उसले देशका २१ जिल्लाहरुमा यो कार्यक्रम संचालन गरेको छ । ट्रेडिङले प्रेस विज्ञप्ति जारी गर्दै यो अंग्रेजी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको हो । यो एक महिनासम्म आयोजना गरिने कार्यक्रमहरूमा कर्पोरेसनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघसंस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । उसले बागलुङ,नारायनगढ,दिपायल, डडेलधुरा, महेन्द्रनगर, लाहान,बिराटनगर,बिर्तामोड ,टिकापुर,धनगडी, नेपालगंज,सुर्खेत,दाङ,कृण्णनगर,भैरहवा,पोखरा, वनेपा,हेटौडा,वीरगंज,जनकपुर,राजविराज आदि विभिन्न स्थानहरुमा विभिन्न प्रकारका कार्यक्रमहरु गरि आयोडिन युक्त नूनको प्रचारप्रसार गरिरहेको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुको माध्यमबाट जानकारी दिन शिक्षक,विद्यार्थी,स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमश स्वास्थ्य चौकिहरुमा कार्यक्रम,विद्यालय,हाटबजारमा माइकिङ्ग, चेतनामूलक सामाग्री बितरण, प्रदशनी र स्टल राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट टेडिङ्ग कर्पोरेशनले जनाएको छ । यसको मुख्य उद्धेश्यभ भनेको आयोडिनको कमिवाट हुने बिभिन्न प्रकारका रोगको संक्रमण तथा रोकथाम गर्नु रहेको छ । आगामी दिनमा पनि यसको प्रभावकारीताको बारेमा जनचेतना अभिवृद्धि गर्दै लैजानुरहेको छ ।

आयोडिनयूूक्त नूनको प्रर्वद्धन तथा यस सम्वन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीवाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०१९ फेवुअरी महिनालाई आयोडिनको कमिले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मिति २०७५ माघ १८ गते ९तदअनुसार ०१ फेब्रुअरी २०१८० देखि १ महिनाभरी सरकारले “आयोडिन मन्थ”का रुपमा मनाउने भएको छ । यूनिभर्सल साल्ट आयोडाइजेसन को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई “आयोडिन मन्थ” घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक कार्यक्रम र गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये visible goiter सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको थियो भने अहिले यो  समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकाले लिएको सह शताब्दी विकासको लक्ष्यअनुसार सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्नेको घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NDHS सर्वे अनुसार ९४.५ प्रतिशत ५ बर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपयोग गरेको पाइएको छ । यस उपलब्धिलाई निरन्तरता दिन सम्वन्धित सबै निकायहरुले ध्यान दिनु पर्ने  जरुरी रहेको उसले जारी गरेको  प्रेस विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855