images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको हो : वामदेव

अर्थ डेली

प्रकाशित: २०७६-११-१ गते

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले मोअवादी जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको दावी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा उपाध्यक्ष गौतमले जनयुद्धकको घटना विश्व इतिहासमै विरलै हुने घटना भएको बताएका छन। ‘जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गर्नुका साथै साम्रज्यवादलाई कमजोर बनाउने काम गरेको हो’, उपाध्यक्ष गौतमले भने, ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र संघर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन।’

उपाध्यक्ष गौतमले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई सम्मान गर्दै बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्ने बताएका छन।

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करिब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताएका छन।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855